दलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वय"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालहितका सवालबारे यसो भन्छन् कालिकोटका जनप्रतिनिधि

२१ असार २०७४, बुधबार ०२:१५


दलसिंह गिरी/असार २१, कालिकोट । शिरमा नेपाली ढाका टोपी र काधमा ढाकाकै पछयौराले एकै साथ सजिएका कालिकोटका जनप्रतिनिधिहरुले स्थानीयतहमा बालहितका सवाल कार्यान्वयनका लागि आफुहरु प्रतिवद्ध रहेको बताउनु भएको छ । 

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोट र भिडिसेफ कालिकोटको संयुक्त आयोजनामा आयोजित परिचयात्मक एवं बधाई तथा सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै नव निर्वाचित जनप्रतिनिधिहरुले यस्तो बताउनु भएको हो ।

बालहितका सवालमा काम गर्दै आइरहेको सेभ द चिल्डे«न, र साझेदार संस्था किर्डाक नेपाल, भिडिसेफले जिल्लामा गरेका कामहरुको प्रशंसा गर्दै नव निर्वाचित जनप्रतिनिधिहरुले समाजमा बालहिंसा, बालविवाह, बालश्रम जस्ता विविध घटनाहरु समाजमा ब्याप्त रहेकाले यसको न्यूनिकरणका लागि आफूहरु कटिवद्ध भएर लाग्ने र यसका लागि नागरिक समाज बुद्धिजिवि सबैले साथ दिन आग्रह गर्नु भएको छ ।


यहि गएको बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जिल्लामा आफुले संचालन गरेका कार्यक्रम र भए गरेका गतिविधिको जानकारी गराउदै आयोजक संस्था किर्डाक नेपाल, भिडिसेफ तथा सेभ द चिल्डे«नले विगतका बालबालिकाको अवस्था, बर्तमान अवस्था, भैरहेका गतिविधि र आइपरेका चुनौतिबारे जनप्रतिनिधिहरुलाई क्रमश तुलारम पाण्डे, राजेन्द्र सहकारी, बाले विश्वकर्माले जानकारी गराउनु भएको छ ।

आयोजकले दिएको जानकारीलाई उठान गर्दै प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले गाउ तथा नगरका जनप्रतिनिधिहरुलाई स्थानीय तहको विकासका लागि दुरदृष्टि राख्न आग्रह गर्नु भएको छ । केही दिनमै गाउ तथा नगरमा बजेट तथा योजना तर्जुमा कार्यक्रम संचालन हुन गैरहेकोे बताउदै अब समुदायमा आधारित आधारभूत आवश्यकतामा रहि दुरदृष्टि योजना अगाडी बढाउन आग्रह गर्नु भएको हो ।

नव निर्वाचित जनप्रतिनिधि कुनै दल विशेषको नभै समग्र जनताको प्रतिनिधि भएकाले निर्देशनात्मक होइन समन्वयात्मक भूमिका खेल्न सुवेदीले विशेष जोड दिनु भएको छ । अबको विकास खर्चमुखी नभै लगानी तथा आम्दानी मुखिहुनु पर्ने भएकाले यसलाई दृष्टिगत गरी अबको ५ बर्ष जनमुखी, स्मरणयोग्य कार्यकाल बनोस् भन्दै शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।


बालबालिका हामी सबैको सरोकार, बनाउदै जाऔं बालमैत्री स्थानीय सरोकार भन्ने मुल नाराका साथ सेभ द चिल्ड्रेनका जिल्ला संयोजक विजय विश्वकर्माको अध्यक्षता संसद सदस्य तुलाराज विष्टको प्रमुख आथित्यता, प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको विशेष आथित्यतामा आयोजित कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली ढाका टोपी र ढाकाकै पछ्यौराले सम्मान गरिएको छ । 

यस्तै सम्मान कार्यक्रममा प्रमुख अथिति तुलाराज विष्ट, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगी लगायतका नागरिक अगुवाहरुले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी