४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

गढीमाई मेलामा सहभागी नभइदिन भन्दै भारतकी पूर्वमहिलामन्त्रीले लेखिन् उपराष्ट्रपतिलाई पत्र

२० मंसिर २०८१, बिहीबार १८:११

काठमाडौँ | बाराको गढीमाईमा पाँच वर्षमा एक पटक लाग्ने मेलाको बेला हुने पशु बली कार्यक्रममा सहभागी नहुन भारतकी पूर्वमहिला तथा बाल विकास मन्त्री मनिका गान्धीले नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई पत्र लेखेकी छिन्।

उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्रमा पर्ने गढीमाई मेलामा पशु बली रोक्न सन् २०१९ मा नेपालका सर्वोच्च अदालतले दिएको आदेशको सम्मान गर्दै कार्यक्रममा सहभागी नहुन अनुरोध गर्दै उनले यो पत्र लेखेकी हुन्। गान्धीले नेपालको सांस्कृतिक परम्पराप्रति सम्मान जनाउँदै जनावरप्रतिको संवेदनशीलतालाई ध्यान दिन र करुणाको सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गरेकी छन्।

गान्धी भारतकी पशु अधिकारकर्मी समेत हुन् । सर्वोच्च अदालतले २०७६ सालमा यो धार्मिक आस्थासँग जोडिएको विषय भएकाले तत्काल पशु बली रोक्न आदेश दिन नसकिएपनि यसलाई क्रमशः कम गर्दै हटाउन आदेश दिएको थियो । त्यसका लागि प्रबन्ध गर्न अदालतले सरकारलाई आदेश गरेको थियो ।

यद्यपि, आदेशपछि भएको बेला पनि झण्डै साढे २ लाख पुशपंक्षीको बली दिइएको थियो । भारतमा अदालतले बलीका लागि नेपालमा पशु लैजान रोक लगाएको थियो । यस्तोमा गान्धीले पत्रमा भनेकी छन्, ‘मैले नेपालको सांस्कृतिक परम्पराप्रति सम्मान व्यक्त गर्छु, तर सँगै हामीले जनवारको पनि संवेदनशीलतालाई ख्याल गर्ने वैश्विक सहमतिको पनि स्वीकार गर्नुपर्छ र करुणाको हाम्रो आधारभूत सिद्धान्तको पनि ख्याल राख्नुपर्छ, जसले हाम्रो सभ्यताको प्रतिबिम्ब दिन्छ ।’

गढीमाईमा हुने पशु बली रोक्न काम गरिरहेको ह्युमन सोसाइटी इन्टरनेश्नल, भारत का निर्देशक आलोकपर्णा सेन गुप्ताले पनि उपराष्ट्रपतिलाई कार्यक्रममा अनुपस्थित रहँदै जनावरप्रतिको क्रुरताको विरुद्ध उत्रिन आह्वान गरेका छन्। मंसिर १७ गते मेलाको उद्घाटन उपराष्ट्रपतिले नै गरेकाले यो विषय थप चर्चा भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ