आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बि"/>
आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बि"/>
असार २०, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बुधबारदेखि निर्वाचन आयोगमा दर्ता हुँदैछ ।
आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बिजुली बजारमा भेला भएका छन् । सबै नेताहरु भेला भएर दिउँसो १ बजेसम्म निर्वाचन आयोग पुग्ने र पार्टी दर्ता गर्ने बताइएको छ ।
तराई-मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा बने पनि यो पार्टी दर्ता भएको थिएन । संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि लगायत माग पूरा नभएको भन्दै राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको छ ।
वैशाख ७ गते तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकता भएर राजपा बनेको थियो ।