२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पूर्वलडाकुलाई बुलेटभन्दा ब्यालेटको लडाइँ पेचिलो

२१ असार २०७४, बुधबार ०८:१४

असार २१, कञ्चनपुर । तत्कालीन विद्रोही माओवादी सेनाका प्लाटुन कमान्डर रहनुभएका बहादुर महरालाई बुलेटको भन्दा ब्यालेटको लडाइँ पेचिलो भएको अनुभव छ । 

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का महराले माओवादी सेनाका प्लाटुन कमान्डर भई आठ वर्ष सङ्घर्षमय जीवन बिताउनु भएको थियो । 

समाज परिवर्तनका लागि बहिर्गमनमा परेका महराले स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट शुक्लाफाँटा नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभयो र विजयी पनि हुनुभयो । 

“बुलेटको लडाइँ लड्दा हतियार र विचार एकैसाथ हुँदा विजय पाउन त्यती कठिन थिएन,” उहाँले भन्नुभयो, “ब्यालेटको लडाइँमा बनाएको सङ्गठन छिन छिनमै प्रतिद्वन्द्वीले भत्काउँदा अधिक सङ्घर्ष गर्नु प¥यो ।” 

बुलेटको लडाइँमा विरोधीको आमने सामने भएर लडाइँ लडिने गरिएको थियो उहाँले विगतको अनुभव सुनाउँदै भन्नुभयो, “ब्यालेटको लडाइँमा छद्म भेषमा विरोधीले आक्रमण गर्दा अप्ठेरो प¥यो ।” 

राजनीतिमा जति षडयन्त्र गरेर चुनाव जित्ने प्रयत्न गरिए पनि सटिक योजना, विचार र जनपक्षीय निर्णय गरेर जाँदा जनताले पत्याउने गरेको उहाँको अनुभव छ । “चुनाव जित्नुअघि जनतासँग गरेका वाचा पूरा गर्न कटिबद्ध भएर लाग्नका लागि योजना बनाउनमा जुटेका छौँ”, उहाँले भन्नुभयो । 

ऐलानी जग्गा दर्ता गर्ने, सडकको बिगँ्रदो अवस्थामा सुधार गर्ने, धार्मिकस्थलको विकास गर्ने, सकुम्वासी समस्या समाधानका लागि सम्बन्धित निकायलाई दबाब दिई कार्य अगाडि बढाउने, चुरे क्षेत्रको दोहन रोक्ने, भू–क्षय नियन्त्रण गर्न योजना बनाई कार्य गर्ने चुनावी वाचालाई पूरा गर्ने उहाँको योजना छ । 

नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने, वन्यजन्तुले गर्ने क्षति न्यूनीकरण गर्ने र दरबन्दी विहीनताको आधारमा सञ्चालन हुँदै आएको विद्यालयमा दरबन्दीसहित शिक्षकको व्यवस्था गर्ने योजना पूर्वलडाकु महराको छ । 

सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुगेकाले जनताको चाहना बमोजिम कार्य अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो । 

गाँउकै बैजनाथ सामुदायिक वनका अध्यक्षसमेत रहुनभएका महरा स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–८ को वडाध्यक्ष ६४१ मत ल्याएर विजयी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो