२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को भयो प्यूठान नगरपालिकामा गोलाप्रथाबाट बिजयी ?

२०७४, २१ असार बुधबार १२:०८

असार २१, प्यूठान । स्थानिय निर्बाचनको मतगणनाका क्रममा प्यूठान नगरपालिका वडा नं. ६ को अध्यक्षपदमा नेपाली कांग्रेस र माओवादी केन्द्रको बराबर मत देखिएपछि गोलाप्रथा गराउँदा नेपाली कांग्रेसकालाई चिठ्ठा परेको छ । 

प्यूठान नगरपालिकाको कार्यालय विजुवारमा बुधबार दिउसो नेपाली कांग्रेस र माओवादी केन्द्रबाट अध्यक्षका उमेदवारहरु उपस्थित भई चिठ्ठा तान्दा यस्तो परिणाम आएको हो । मत गणना बिहिबार सकिएपनि गोलाप्रथा भने आज (बुधबार) गराईएको थियो । कांग्रेसलाई चिठ्ठा परेसंगै प्यूठान नगरपालिकामा २ वडा वडाको नेतृत्व कांग्रेसले हात पारेको छ । 

यस्तै वडा नं. १० राष्ट्रिय जनमोर्चाले जित हातपारेको छ भने अन्य सबै वडामा एमाले बिजयि भएको छ । तर एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा आफै चुनाव लड्नु भएको प्यूठान नगरपालिकाको मेयर पदमा भने हार खानु भएको छ । यस्तै उपाध्यक्षमा भने एमालेकै शान्ता आचार्य बिजयी हुनु भएको छ । 

आज भएको चिठ्ठा कार्यक्रम सँगै प्यूठानको सबै तहको निर्बाचनको परिणाम सार्बजनीक भइसकोछ । प्यूठानको अन्तिम नतिजा आउँदा सम्म जिल्लाका ९ स्थानिय तहमा एमाले र कांग्रेस बराबरको स्थितीमा देखा परेकाछन् । एमाले र कांग्रेसले तिन तिन अ‍ोटा तहमा जित हाँसिल गरेकाछन् । यसैगरी राजमोले २ र माओवादी केन्द्रले प्यूठान नगरपालिकाको मेयर पद हात पार्न सफल भएको छ । तर सबैको चासोको रुमा हेरिएको प्यूठान नगरपालिकामा राजमो र माओवादी केन्द्र बिचमा तलमेल भएको थियो । 

राजमोले माओवादी केन्द्रलाई मेयरपदमा सहयोग गरेपनि माओवादी केन्द्रले भने राजमोलाई उप मेयरमा असहयोग गरेको कार्यकर्ताको प्रतिकृया छ । नेपाली कांग्रेसले नौबहिनी, गौमुखी र ऐरावती गाउँपालिकामा जित हात पारेको छ भने एमालेले स्वर्गद्धारी नगरपालिका, सरुमारानी र माण्डवी गाउँपालिकामा जित हात परेको छ । यस्तै राजमोले मल्लरानी र झिमरुक गाउँपालिकामा जित हात परेकोछ । 

तर उप प्रमुख पदमा नेपाली कांग्रेसले २ तहमा, एमालेले ३ तहमा र माओवादील ३ तहमा जितेकाछन् यस्तै राजमोले पनि २ वटा प्रमुख सँगै २ वटै उपप्रमुखमा जितेको छ । दलहरु बिचको तलमेल अनुसार नेपाली कांग्रेस र माओवदी केन्द्र बिच तालमेल भएको नौ बहिनी गाउँपालिकामा मात्रै तालमेल पूर्ण रुपमा सफल देखिएको छ । स्मृती घर्ती मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक