असार २१, सल्यान । सल्यान, रुकुम र रोल्पाको प्रवेशद्धार कपुरकोट क्षेत्रको फोहोरले बजार तथा नजीकको वस्ती दुर्घन्धीत भएपछि गाउंपालिकाले त्यस तर्फ ध्यान केन्द्रीत गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, सल्यान । सल्यान, रुकुम र रोल्पाको प्रवेशद्धार कपुरकोट क्षेत्रको फोहोरले बजार तथा नजीकको वस्ती दुर्घन्धीत भएपछि गाउंपालिकाले त्यस तर्फ ध्यान केन्द्रीत गरेक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फोहोर व्यवस्थापन तर्फ गाउँपालिकाको ध्यान जाने

२१ असार २०७४, बुधबार १२:३७


असार २१, सल्यान । सल्यान, रुकुम र रोल्पाको प्रवेशद्धार कपुरकोट क्षेत्रको फोहोरले बजार तथा नजीकको वस्ती दुर्घन्धीत भएपछि गाउंपालिकाले त्यस तर्फ ध्यान केन्द्रीत गरेको छ । 

कपुरकोट गाउंपालिकाका अध्यक्ष्य भिम बहादुर सेनले तत्कालै फोहोर व्यवस्थापन गरिने जनाएको छन् । कपुरकोट गाउंपालिका वडा नम्बर ३ स्थीत फलाटे गाउंमा बुधबार स्थानीयहरुले राखेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै सेनले बजार  क्षेत्र फोहोर व्यवस्थापन हुन नसक्दा दुर्घन्दीत र कुरुप बन्दै गएको जनाउंदै आफुले फोहोर व्यवस्थापनका लागी योजना बनाइरहेको जनाए ।

फलाटेवासिले कपुरकोट बजारको फोहोर आफ्नो गाउंमाथी फाल्ने गरिएको र वर्षायाममा त्यो फोहोर बग्दै वस्ती सम्म आएर दुर्गन्ध फैलिएको जनाएका थिए ।

निश्चीत ठाउंमा फोहोर फाल्नका लागी गाउंपालिकाले उचीत स्थान, जनशक्ति र साधनको व्यवस्था छिट्टै गर्ने अध्यक्ष सेनले जनाएका थिए ।

स्थानीय किसान समूहबाट प्रमोद खड्कोको अध्यक्षतामा भएको कार्यक्रममा सेनले आवश्यकताका आधारमा हरेक वडाका खानेपानी, बाटो, विजुली, स्वास्थ्य, शिक्षा लगाएतका मागहरु सम्बोधग गर्दै जाने बताए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, एमाले कपुरकोट गाउंपालिकाका संयोजक घनश्याम शर्मा, एमालेका निवर्तमान जिल्ला कमिटी सदस्य जीत प्रसाद आचार्य लगाएतकाको पनि सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी