असार २२, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २२, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी विजयी

२२ असार २०७४, बिहीबार ०१:४८


असार २२, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन् । चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउदै मेयरमा निर्वाचित भएका हुन् । चौधरीले ६हजार ७६४ र भट्टले ६ हजार ४०७ मत ल्याएका थिए । उप मेयरमा भने एमालेका चित्रा चौधरी विजयी भएका छन् । 

चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राधा कडेँललाई ६२७मतको मतको अन्तरले हराउदै उपप्रमुखमा निर्वाचित भएका हुन् ।  चौधरीले ६ हजार ७४८ र कडेँलले ६हजार १६१मत ल्याएका थिए । 

काँग्रेसका मेयरका उम्मेद्वार हरेन्द्र विष्टले ५हजार ४१२ र काँग्रेसकै उप मेयरका उम्मेदवार खिना भण्डारीले ५हजार ६२७मत ल्याएका थिए ।  बेलौरी १०को वडाध्यक्षमा पनि माओवादी केन्द्रको  हरिलाल चौधरीको प्यानलै विजयी भएका छन् । उनले आफ्ना निकटमत प्रतिद्वन्दी एमालेका गणेश चौधरीलाई ३०८मतको अन्तरले हराउदै वडाध्यक्षमा निर्वाचित भए । माओवादी केन्द्रका चौधरीले एक हजार ३०७ र एमालेका चौधरीले ९९९मत ल्याएका थिए । 

पञ्चायत कालमा कैलाली र कञ्चनपुरको सदरमुका बेलौरीको सामरिक महत्व छ । विस २०२६सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारिएको हो । बेलौरीमा तिन ठुला पार्टी विच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । अन्तत नेकपा माओवादीका उम्मेदवार चौधरीले विजयी हासिल गरेका हुन् । 

१ देखि ९नम्बर वडामा रोमाञ्चल प्रतिस्पर्धा भएको थियो । बेलौरीको १० नम्बर वडाले चौधरीलाई विजयी गराएको छ । बेलौरीमा कुल २९ हजार ३७७ मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए । बेलौरीमा ४ माओवादी केन्द्र, ४  एमाले र १ काँग्रेसले जितेका छन् । १, ५, ६ र १० माओवादी केन्द्र र २, ४, ८ र ९ एमाले र ३नेपाली काँग्रेसले जितेको छ ।  -अबिनास चौधरीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी