२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिद्धार्थनगर नगरपालिकामा एमाले बिजयी

२२ असार २०७४, बिहीबार ०१:५३

असार २२, लुम्बिनी । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

२०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ । 

एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित हुुनुभएको छ । उहाँले ६ हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका मातृकाप्रसाद यादवले पाँच हजार २५० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, उपप्रमुखमा पनि एमालेकी उमा काफ्ले निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार १७२ मत प्राप्त गर्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकाकी माधवी शर्मा वाग्लेले पाँच हजार २२४ मत प्राप्त गर्नुभयो । 

यसैगरी, राप्रपाको प्रमुखका उम्मेदवार सागरप्रताप राणाले चार हजार ६३७ र उपप्रमुख उम्मेदवार रमिता थापामगर केसीले तीन हजार ५१७ मत प्राप्त गर्नुभयो । माओवादीका फैज अहमद खाँले तीन हजार ४०७ र उपप्रमुखमा कमला थापाले तीन हजार १२९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रमुख र उपप्रमुखसहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ । 

त्यस्तै, नेका वडा नम्बर १, ६, ७, ८, १० र १२ मा विजयी भएको छ भने वडा नं ४ मा सङ्घीय समाजवादी फोरम नेपालले जितेको छ । १ नं वडाअध्यक्षमा नेकाका रमेश मल्ल, २ मा एमालेका दीपककुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा सङ्घीय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ नं मा एमालेका चेतबहादुर क्षेत्री, ६ नं मा नेकाका विनोद श्रीवास्तव, ७ नं मा नेकाकै भीमसेन कर्माचार्य विजयी हुनुभएको छ । 

त्यस्तै, वडा नम्बर ८ को वडाध्यक्षमा नेकाका राजनजङ्ग राणा, ९ नं मा एमालेका शेषकान्त भण्डारी, १० मा नेकाका विजयनाथ धोवी, ११ मा एमालेका दिलीप यादव, १२ मा नेकाका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिशप्रसाद मर्सानी विजयी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य