प्रज्वल पाैडेल/असार २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारले सत्य तथ्य घटना लेख्नुपर्ने बताउनुभयाे ।

बिहिवार राजधानीमा अायाेजित पत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारले सत्य तथ्य घटना लेख्नुपर्ने बताउनुभयाे ।

बिहिवार राजधानीमा अायाेजित पत्र"/>

९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकाे कानुनमा नै प्रेस स्वतन्त्रता उल्लेख छ: प्रधानमन्त्री

२२ असार २०७४, बिहीबार ११:०८


प्रज्वल पाैडेल/असार २२, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारले सत्य तथ्य घटना लेख्नुपर्ने बताउनुभयाे ।

बिहिवार राजधानीमा अायाेजित पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टद्वारा लिखित नेपालमा प्रेस स्वतन्त्रता पुस्तककाे सार्वजनिकीकरण एवम् अन्तरसंवाद कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

देउवाले भन्नुभयाे -"नेपालकाे कानुनमा नै प्रेस स्वतन्त्रतालाई उल्लेख गरिएकाले व्यवहारमा केही कम हाेला तर स्वतन्त्रता रहेकाे छ ।

उहाँले नेपालमा समाचार च्यानल अन्य देशमा नभएको धारणा राख्नुभयाे । देउवाले हिमाल,पहाड तराईको राष्ट्रिय एकतामा ध्यान दिएर अापसी मेलामलाप सबैले ख्याल गर्नुपर्ने बताउनुभयाे ।

नेपाल मानव अधिकार अायाेगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार र प्रेसबीच अन्याेन्याश्रीत सम्बन्ध रहेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे-"२०४८ काे संयुक्त राष्ट्र संघकाे घाेषणा र नेपालकाे संविधानमा पनि माैलिक हकमा प्रेस स्वतन्त्रतालाई प्राथमिकता दिएकाे छ ।"

पुस्तकमाथि प्राेफेसर पि खरेलले टिप्पणी गर्नुभएको थियाे । टिप्पणीकाे क्रममा पत्रकारलाई निष्पक्ष नरहेको अाराेप बेला बेला लाग्ने गरेकाे बताउदै खरेलले भन्नुभयाे -"सपथ खाएपछि कुनै विचार भएकाे व्यक्ति निष्पक्ष हुन्छन् भने पत्रकार महासंघले सपथ खुवाए पत्रकार पनि तयार छन् ।"


एउटै पुस्तकमा सबै विषय समावेश हुन नसक्ने भएकाले अरूले पनि खाेज अनुसन्धान गरेर सार्वजनिक गर्न सकिने धारणा राख्नुभयाे ।उहाँले अन्य देशकाे तुलनामा कानुनमा प्रेस स्वतन्त्रता उल्लेख भएकाे भएपनि व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयाे ।

पुस्तकका लेखक एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले लाेकतन्त्र र प्रेस स्वतन्त्र विच अन्याेन्याश्रित भुमिका रहेकाे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिबी राईको पत्र: “रवि र उनको पार्टीलाई पैसा दिदा डुबे, राज्यले सुरक्षा दिए नेपाल फर्कन्छु” (पत्रसहित) आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने