प्रज्वल पाैडेल/असार २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारले सत्य तथ्य घटना लेख्नुपर्ने बताउनुभयाे ।

बिहिवार राजधानीमा अायाेजित पत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारले सत्य तथ्य घटना लेख्नुपर्ने बताउनुभयाे ।

बिहिवार राजधानीमा अायाेजित पत्र"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकाे कानुनमा नै प्रेस स्वतन्त्रता उल्लेख छ: प्रधानमन्त्री

२०७४, २२ असार बिहीबार ११:०८


प्रज्वल पाैडेल/असार २२, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारले सत्य तथ्य घटना लेख्नुपर्ने बताउनुभयाे ।

बिहिवार राजधानीमा अायाेजित पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टद्वारा लिखित नेपालमा प्रेस स्वतन्त्रता पुस्तककाे सार्वजनिकीकरण एवम् अन्तरसंवाद कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

देउवाले भन्नुभयाे -"नेपालकाे कानुनमा नै प्रेस स्वतन्त्रतालाई उल्लेख गरिएकाले व्यवहारमा केही कम हाेला तर स्वतन्त्रता रहेकाे छ ।

उहाँले नेपालमा समाचार च्यानल अन्य देशमा नभएको धारणा राख्नुभयाे । देउवाले हिमाल,पहाड तराईको राष्ट्रिय एकतामा ध्यान दिएर अापसी मेलामलाप सबैले ख्याल गर्नुपर्ने बताउनुभयाे ।

नेपाल मानव अधिकार अायाेगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार र प्रेसबीच अन्याेन्याश्रीत सम्बन्ध रहेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे-"२०४८ काे संयुक्त राष्ट्र संघकाे घाेषणा र नेपालकाे संविधानमा पनि माैलिक हकमा प्रेस स्वतन्त्रतालाई प्राथमिकता दिएकाे छ ।"

पुस्तकमाथि प्राेफेसर पि खरेलले टिप्पणी गर्नुभएको थियाे । टिप्पणीकाे क्रममा पत्रकारलाई निष्पक्ष नरहेको अाराेप बेला बेला लाग्ने गरेकाे बताउदै खरेलले भन्नुभयाे -"सपथ खाएपछि कुनै विचार भएकाे व्यक्ति निष्पक्ष हुन्छन् भने पत्रकार महासंघले सपथ खुवाए पत्रकार पनि तयार छन् ।"


एउटै पुस्तकमा सबै विषय समावेश हुन नसक्ने भएकाले अरूले पनि खाेज अनुसन्धान गरेर सार्वजनिक गर्न सकिने धारणा राख्नुभयाे ।उहाँले अन्य देशकाे तुलनामा कानुनमा प्रेस स्वतन्त्रता उल्लेख भएकाे भएपनि व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयाे ।

पुस्तकका लेखक एवम् नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले लाेकतन्त्र र प्रेस स्वतन्त्र विच अन्याेन्याश्रित भुमिका रहेकाे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी