२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी, इजिप्ट र युएइमा नेपाली सुरक्षित: उपप्रधानमन्त्री महरा

२०७४, २२ असार बिहीबार १३:०४

असार २२, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले खाडी मुलुकका तीन राजदूतसँग आज भएको शिष्टाचार भेटवार्तामा ती मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै त्यहाँ नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने बताउनुभएको छ । 

परराष्ट्रमन्त्री महराले कतारमा देखिएको कूटनीतिक समस्यालाई शान्ति र वार्ताका माध्यमबाटै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण तवरले हामीले हाम्रा समस्या समाधान गरौँ, यहाँहरुको समस्या पनि वार्ताका माध्यमबाटै हल गर्नुहोस् ।” नेपाल कुनै पनि किसिमका आतङ्कवादका पक्षमा नरहेको स्पष्ट पार्दै उपप्रधानमन्त्री महराले खाडी मुलुकमा देखिएका समस्याका कारण त्यहाँका कुनै पनि मित्र राष्ट्रसँग नेपालको सम्बन्धमा समस्या हुँदैन भन्नुभयो । 

सो अवसरमा साउदी अरबका राजदूत अब्दुलनासेर हुस्सेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नबिल अब्देलफताह हेल्मी र संयुक्त अरब इमिरेट्सका कावा राजदूत हइथम अलले संयुक्त रुपमा कतारसँग गरिएको सम्बन्धबिच्छेदको जानकारी गराउनुभयो । 

इजिप्टका राजदूत हेल्मीले कतारसँग सम्बन्धबिच्छेद गर्नुपरेका कारणबारे जानकारी गराउँदै भन्नुभयो, “कतारले मुस्लिम ब्रदरहुडलाई वित्तीय सहयोग गरेर आतङ्कवादलाई संरक्षण गरेको छ । अलजजिरा नेटवर्क जनताका विरुद्धमा छ ।” साउदीका राजदूत हल–हार्थीले साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली पूर्ण रुपमा सुरक्षित रहेको र तिनको दैनिकीमा कुनै समस्या नआउने बताउनुभयो । 

यसैबीच परराष्ट्रमन्त्री महराले आजै नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकसँग भएको शिष्टाचार भेटमा दक्षिण कोरिया दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को पर्यवेक्षक राष्ट्र भएका कारणले दुई देशबीचको घनिष्ठता अझै बलियो भएको र आर्थिक एवम् जनस्तरमा पनि महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो । 

सो अवसरमा राजदूत पार्कले कोरियामा गएर नेपालीले पैसा कमाउनाका साथै कोरियाको विकास निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष ३० देखि ३५ हजार कोरियाली नेपाल आउने गरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदान गर्न सकिने धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी