असार २३, धादिङ्ग | स्थानीय संरचना अनुसार ज्वालामुखीको ५ नम्वर वडामा पर्ने खरीमा सिंचाई तथा खानेपानीको बृहत योजनाको काम आजबाट सुरु गरिएको छ |

मङ्सिरसम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २३, धादिङ्ग | स्थानीय संरचना अनुसार ज्वालामुखीको ५ नम्वर वडामा पर्ने खरीमा सिंचाई तथा खानेपानीको बृहत योजनाको काम आजबाट सुरु गरिएको छ |

मङ्सिरसम्म"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

अबको ५ महिनाभित्रै छरकन्य खोलाको पानी खरीको घलेडाँडामा

२०७४, २३ असार शुक्रबार १३:५६

असार २३, धादिङ्ग | स्थानीय संरचना अनुसार ज्वालामुखीको ५ नम्वर वडामा पर्ने खरीमा सिंचाई तथा खानेपानीको बृहत योजनाको काम आजबाट सुरु गरिएको छ | 

मङ्सिरसम्म योजनाको सबै काम सम्पन्न गरिसक्ने र पुष १५ भित्रै पानी तानिने उध्यश्य लिएर द्रुत गतिको कार्ययोजना तय गर्दै आजबाट सो आयोजनाको काम सुरु गरिएको हो | कोरियन संस्था कोइका मार्फत सर्भिस फर पिस नामक संस्थाको सहयोगमा सम्पन्न गर्न लागिएको उक्त योजना करिव ८० लाख भन्दा बढी लगानीमा निर्माण हुने बताइएको छ | आयोजनाले छर्कन्ने खोलादेखि घलेडाँडासम्म जेसिवी पाइपलाइन बिछ्याउने छ भने घलेडांडाबाट बिभिन्न ९ स्थानका ट्यांकीमा उक्त पानी जीआई पाइपलाइन मार्फत पठाइनेछ | 

आयोजना कार्यतालिकाबारे आज खरीको अन्नपूर्ण माबिमा भएको भेलाले आयोजना निर्माणका लागि बिभिन्न तीन समिति चयन गरेको छ | गोपाल अधिकारीको अध्यक्षतामा ५ जनाको मूल समिति चयन गरिएको छ, जसमा अध्यक्ष गोपाल अधिकारी छन् भने सदस्यहरुमा अनु आले, दल बहादुर थापा मगर, अर्जुन फ्याली र चन्द्र बहादुर अधिकारी रहेका छन् | त्यस्तै मूल अध्यक्षको संयोजनमा अन्य तीन समिति निर्माण गरिएको छ | जसमा निर्माण समिति अन्तर्गत दल बहादुर थापा, डन्ड बहादुर अधिकारी र अनु आले चयन भएका छन् | त्यस्तै खरिद समितिमा गोपाल अधिकारी, विष्णु गुरुङ्ग र टीकामायाँ आले रहेका छन् | त्यस्तै अनुगमन समितिमा नव निर्वाचित वडा सदस्य प्रेम बहादुर अधिकारी, रिता रोकाया र राजेश अधिकारी रहेका छन् | 

आजको भेलाले आयोजनाका चरणहरुबारे बिस्तृत छलफल गर्दै असार २५ गते बिहान ७ बजे आयोजनाबारे ओरिएन्टेसन गर्नेछ | त्यस्तै साउन भित्रै निर्माणका सामग्रीहरु खरिद गर्ने भएको छ भने भदौबाट काम सुरु गर्नेछ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी