असार २४, काठमाडौं । पहिलो र दोस्रो चरणको चुनावमा हार बेहोर्नु परेपछि माओवादी केन्द्रले चुनावी नतिजाको समीक्षा र भावी योजना निर्माणका लागि वैठक आव्हान गरेको छ ।
साउन २ गते केन्द्रीय सचिवालय सदस्य र जिल्ला इन्चार्जहरु सहभागी हुने गरी वैठक आव्हान गरिएको माओबादी केन्द्रले जनाएको छ । माओवादीभित्र स्थानीय तहको चुनावी परिणामलाई लिएर निकै ठूलो उथलपुथल भएको छ । चुनाव आफ्नो अनुकुल नभएकोमा धेरै ठाउँमा नेताहरु असन्तुष्ट छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने चुनावी नजिता जसको पक्षमा गएपनि एजेन्डामा माओवादीको जित भएको बताउँदै आएका छन् । स्थानीय तहको दुवै चरणको चुनावमा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छन् ।