२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दुई प्रदेशमा विभाजन गरिएको नवलपरासीमा आयो यस्तो नयाँ प्रस्ताब

२४ असार २०७४, शनिबार ०८:१९

असार २४, नवलपरासी । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने यहाँका राजनीतिक दलहरुले माग गरेका छन् । 

नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन । 

नवलपुर क्षेत्रका– आठ वटै स्थानीय तह चार नगरपालिका चार गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली काँग्रेस ,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकको संयुक्त बैठकले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको हो । 

संविधानमा उल्लेखित विधान संशोधन मार्फत् छिट्टै नवलपुरलाई जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति बनाउनका लागि गरिएको निर्णय कावासोती नगरपालिकाकी प्रमुख चन्द्राकुमारी पुनले बताउनुभयो । 

नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले नवलपुर र परासीलाई छुट्टाछुट्टै जिल्ला घोषणा गरेर दुई जिल्ला समन्वय समिति बनाउनुपर्ने बताउनुभयो । सकेसम्म छिट्टै यो विषयमा सरकारले निर्णय लिनुपर्ने लामिछानेले बताउनुभयो । 

यस्तै नेकपा एमालेका नवलपुर संयोजक रोशन गाहाले पनि नवलपरासीको सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेकाले सरकारले अब छिट्टै नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताउनुभयो । 

यसैगरी माओवादी केन्द्र नवलपुर संयोजक धनश्याम सापकोटाले संविधानमा आवश्यक विधि र प्रक्रिया पु¥याएर नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गर्नुभयो । सरकारमा रहेको दल भएकाले पनि आफूहरुले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नका लागि घचघच्याउने नेताले जनाएका छन् । 

हाल राज्यपुनः सरचना अन्तर्गत नवलपरासीको दान्नेदेखि पारी ( परासी क्षेत्र ) लाई प्रदेश न ४ र दाउन्नेदेखि वारी परासी क्षेत्रलाई प्रदेश न–५ मा राखिएको अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो