८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

१ पुष २०८१, सोमबार १४:४६

काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ। ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो।

पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई पनि अदालतले थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो। थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्। गत बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बेचन झा कारागारमै राख्न आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो। ‘जिल्ला अदालतले गरेको आदेश ठिक छ, त्यसैलाई कार्यान्वयन गर्नू भनेर आदेश सदर गरेको छ,’ सूचना अधिकारी आचार्यले भने।

झा र थापाले जिल्लाबाट भएको आदेशको पुनर्विचार गर्न भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। गत असार १४ गते झा र थापा पक्राउ परेका थिए। उनीहरू लामो समयसम्म फरार रहँदै आएका थिए। झालाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानका आधारमा पक्राउ गरेको हो। तर झाले आफ्नो संलग्नताबारे भने अस्वीकार गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू