असार २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल सुरु गर्नुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल सुरु गर्नुभएको छ । 

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तारुढ दल र राप्रपाका शिर्ष नेताबीच के कुरा भयो ?

२०७४, २४ असार शनिबार १०:१९


असार २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल सुरु गर्नुभएको छ । 

सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी (राजपा) का बीच सदनमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउन शुक्रबार अन्य दलसँग छलफल सुरु गर्ने सहमति भएको थियो । 

यस क्रममा प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान प्रम निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर जबरासँग छलफल गर्नुभएको छ । ती शीर्ष नेताका बीचमा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनका विषयमा पनि कुराकानी भएको बताइएको छ । 

प्रधानमन्त्री देउवाले भेटमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न आफ्नो पार्टीलाई आग्रह गर्नुभएको राप्रपाका अध्यक्ष कमल थापाले भेटपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीको आन्तरिक बैठकमा छलफल गरी संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिइने जानकारी मैले प्रधानमन्त्रीलाई दिएँ ।” 

नेका, माओवादी केन्द्र, राप्रपा केही मधेसवादी दल मिलेर केही महिना अगाडि व्यवस्थापिका–संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक