असार २४, बुटवल । असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, बुटवल । असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटव"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देही व्यापार संघद्वारा जनप्रतिनिधिलाई सम्मान

२४ असार २०७४, शनिबार १२:११


असार २४, बुटवल । असार १४ गतेको स्थानीय तह चुनावमा निर्वाचित बुटवलका जनप्रतिनिधिहरुलाई रुपन्देही व्यापार संघले एक समारोहका बीच स्वागत र सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान गर्दै संघले बुटवलको विकासमा आफुहरु सहकार्य गर्न तयार रहेको बताएको छ । 

सो अवसरमा सहभागी संघका विभिन्न तहका पदाधिकारी, सदस्य, सल्लाहकार तथा संघ संस्थाका प्रतिनिधिहरुले जनप्रतिनिधिहरुलाई असली जनपतिनिधि र सेवक बनेर काम गर्न आग्रह गरे । 

संघले शनिबार एक समारोहका बीच नवानिर्वाचत मेयर, उपमेयरसहित बुटवलका १९ वटै वडाका अध्यक्ष, महिला सदस्य, दलित र खुला सदस्यहरु सबैलाई सामूहिक रुपमा स्वागत र सम्मान गरेको थियो । 

नवनिर्वाचित मेयर, उपमेयरसहितका जनप्रतिनिधिहरुले मतदाता र जनसाधारण सबैलाई धन्यवाद ज्ञापन गर्दै आफुहरु सेवक बनेर काम गर्ने प्रतिबद्धता दोहोराए । बुटवलको समृद्धि र विकासका लागि आफुहरु सबैसित सहकार्य र समन्वय गर्न तयार रहेको भन्दै चुनावका बेलामा भएका सबैखाले प्रतिस्पर्धाहरु अब भुलिएको मेयर शिवराज सुवेदी, उपमेयर गोमादेवी आचार्यले बताए ।

सो अवसरमा संघका अध्यक्ष मोतिलाल पाण्डे, पूर्व अध्यक्षहरु शंकर भट्टराई, टंकप्रसाद पोखरेल, उपाध्यक्ष यमलाल लोहोनी, महासचिव डिल्लीराज भण्डारीसहित कार्यसमितिका पदाधिकारीहरुले सामूहिक रुपमा स्वागत र सम्मान गरेका थिए । त्यसक्रममा उनीहरुले बुटवलको समग्र विकासका लागि आफुहरु हातेमालो गर्न तयार रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानमा केन्द्रित हुन आग्रह गरेका थिए । 

कार्यक्रममा सहभागी संघका आजिवन सदस्यहरु, कार्यसमिति सदस्यहरु तथा सदस्यहरुले सेवाग्राहीका कामलाई प्राथमिकता दिन आग्रह गरे ।

बुटवल व्यापारिक केन्द्र र पर्यटकीय हबका रुपमा विकास भइरहेकाले यसलाई अझ व्यवस्थित र समुन्नत बनाउने काममा जनप्रतिनिधिहरु र निजी क्षेत्रहरुका बीचमा सहकार्य जरुरी रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य, संघका सल्लाहका तुलसीराम बञ्जाडे, बुटवलका सबै वडा अध्यक्षहरुका तर्फबाट बुटवल ४ का नवनिर्वाचित वडा अध्यक्ष टंकप्रसाद पराजुली, रेडियो लुम्बिनीका स्टेशन म्यानेजर इन्दीरा अर्याललगायतले शुभकामना व्यक्त गर्दै जनताका सेवक बनेर काम गर्न सुझाव दिएका थिए । 

संघका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष यमलाल लोहोनी र सञ्चालन महासचिव डिल्लीराज भण्डारीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ