असार २४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हप्ताभित्र संबिधान संशोधन नभए संसद छाड्छौ: राजपा

२४ असार २०७४, शनिबार १३:४४


असार २४, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएकोले आफूहरु अब एक हप्ताभन्दा धेरै कुर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘एक हप्ताभित्रपनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं, संसद नै छोडेपछि यो सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुन्छ।’

यद्धपी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताभित्र संशोधन प्रस्ताव पारित गर्ने र मुद्दmा फिताृ, सहिद घोषणा लगायतका राजनीतिक माँगहरुपनि पूरा गर्ने वचन दिएकोले आफूहरु पर्ख र हेरको रणनीतिमा रहेको स्पष्ट पारे । यादवले थपे,‘हिजो बालुवाटारमा भएको कांग्रेस, नेकपा माओवादी केन्द्र र हामीवीचको छलफलमा उहाँहरुले यस्तो आश्वासन दिनुभएको छ, त्यसैले हामी एक हप्ता पर्खन्छौं, एक हप्ताभित्रपनि भएन भने हामी सदन छोडेर सशक्त आन्दोलनमा जान्छौं, जुन आन्दोलनको कसैलेपनि कल्पना गर्न सक्दैनन्।’

उनले संविधान संशोधन हुन नसके १२ महिनासम्म यो सत्तारुढ गठबन्धनसँग गरेको वार्ता निरर्थक हुने बताउँदै भने,‘जब वार्ता तथा सम्वादको कुनै औचित्य हुँदैन, अनि सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं।’

उनले अहिले संसदमा दर्ता भएको संविधान संशोधन सहमतिको दस्तावेज भएको उल्लेख गर्दै एमालेले संविधान संशोधन के को लागि ? र यो राष्ट्रघाती भन्ने एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताए । उनले भने,‘पहिलो पटक संशोधन गर्दापनि एमालेले खासै रुचाएको थिएन, तर राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो।’

उनले एमालेभित्र मधेशी र जनजाति नभएको समेत आरोप लगाए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह