काठमाडौँ | नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।
तेस्रो स्थायी कमिटीको बैठकले मंगलबार सचिवालय गठन गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमेशकुमार हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे, घनश्याम भुसाल, बेदुराम भुसाल, जयन्ती राई, धर्मनाथप्रसाद साह, भानुभक्त जोशी, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा छन्।
त्यस्तै, रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा, राजेन्द्रकुमार राई, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डेय, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही छन्
यस्तै पार्टीलाई जनतासँग जोड्नको लागि पार्टीले विभिन्न अभियानहरु चलाउने निर्णय पनि गरेको बताए।
यस्तै, महासचिवको नेतृत्वा उपमहासचिवसहित केन्द्रीय कार्यालय गठन गरेको पनि बताए। उनले कार्यविभाजनको विषयमा आएको प्रस्तावमा अध्ययन गरि दुई दिनपछि टुंग्याउने पनि बताए।