८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने

२ पुष २०८१, मंगलवार १८:०१

काठमाडौँ | पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा भित्रिन तत्पर देखिएका छन् । एकीकृत समाजवादीले उनलाई भित्र्याउन पहल गर्ने निर्णय गरेसँगै उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय लिएको हो । त्यसलगत्तै गौतमले प्रतिक्रिया दिँदै ‘आफू तयार रहेको’ बताए ।

उनले भने, ‘म तयार नै छु । भोलि नै कुराकानी हुनसक्छ ।’

स्रोतका अनुसार गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी छ । उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन् । नेकपा एसको विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था छ ।

वामदेव निकट नेताहरु केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, हरि पराजुली, सावित्रा भुसाललगायतका नेता पहिल्यैदेखि नेकपा एसमा विभिन्न जिम्मेवारीमा छन् । वामदेवकी पत्नी तुलसा थापामगर भने एमालेमा छिन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएर नेकपा एमाले र नेकपा माओवादी बौरिएपछि गौतम दुवैतिर लागेनन् । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एसतिर पनि उनी लागेनन् ।

गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए, तर उनको यो अभियान पनि खासै अगाडि बढ्न सकेन । यो अभियानमा रहेका ७२ जनासहित गौतम नेकपा एसमा भित्रिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू