२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने

२०८१, २ पुष मंगलवार १८:०१

काठमाडौँ | पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा भित्रिन तत्पर देखिएका छन् । एकीकृत समाजवादीले उनलाई भित्र्याउन पहल गर्ने निर्णय गरेसँगै उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय लिएको हो । त्यसलगत्तै गौतमले प्रतिक्रिया दिँदै ‘आफू तयार रहेको’ बताए ।

उनले भने, ‘म तयार नै छु । भोलि नै कुराकानी हुनसक्छ ।’

स्रोतका अनुसार गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी छ । उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन् । नेकपा एसको विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था छ ।

वामदेव निकट नेताहरु केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, हरि पराजुली, सावित्रा भुसाललगायतका नेता पहिल्यैदेखि नेकपा एसमा विभिन्न जिम्मेवारीमा छन् । वामदेवकी पत्नी तुलसा थापामगर भने एमालेमा छिन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएर नेकपा एमाले र नेकपा माओवादी बौरिएपछि गौतम दुवैतिर लागेनन् । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एसतिर पनि उनी लागेनन् ।

गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए, तर उनको यो अभियान पनि खासै अगाडि बढ्न सकेन । यो अभियानमा रहेका ७२ जनासहित गौतम नेकपा एसमा भित्रिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार