असार २५, विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । 

गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम परा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २५, विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । 

गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम परा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

२५ असार २०७४, आईतवार ०२:०९


असार २५, विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । 

गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गर्नुभएको छ । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गर्नुभएको थियो । 

उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्षलगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९मा काँग्रेसका विद्रोेही समूहले जितेको छ । 

सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी छवटा वडामा, नेकपा (एमाले)ले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६मा जित हात पारेको छ भने वडा नं १०मा स्वतन्त्रले जित हात पारेको छ । 

उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसँग तालमेल गरेको थियो । 

विराटनगर–३ को पोखरिया निवासी ४४ वर्षीय भीम पराजुली काँग्रेसको नगर सभापति हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उहाँ महेन्द्र मोरङ कलेजको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट २०५५ सालमा सदस्य, २०५७ सालमा कोषाध्यक्ष, २०५९ सालमा सचिव र २०६१ सालको निर्वाचनमा स्ववियुको सभापतिमा निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ