असार २६, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २६, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी संशोधन प्रस्तावको पक्षमा भोट हाल्छौं: यादव

२६ असार २०७४, सोमबार ०८:१९


असार २६, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्षमा नै मतदान गर्ने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी संशोधन प्रस्तावको पक्षमा नै रहेको स्पष्ट पारे । उनले भने,‘हामी यो प्रस्तावको विपक्षमा छैनौं, हाम्रो पार्टीले प्रस्ताव पारित गराउनको लागि पक्षमा नै मतदान गर्छ।’ यद्धपी उनले प्रस्ताव अझै अपूरो, अधुरो र अदुरदर्शी रहेको गुनासो पोखे ।

उनले अहिलेको संशोधन विद्येयकले संविधान संशोधनको ट्रयाक भने खोलेको स्पष्ट पारे । उनले थपे,‘मुलभुत समस्याको समाधान यो विद्येयकले गर्न सक्दैन्, त्यही कारणले हामीले फरक मत अर्थात संशोधन हालेका छौं ।’

उनले वर्तमान संशोधन विद्येयकलाई अझै परिमार्जन गर्नुपर्ने र पारित गराउँदा मुलुकले निकास पाउने आफूहरुको भनाई रहेको बताए । उनले भने,‘परिमाजर्नसहित प्रस्ताव पारित गरे मुलुक र जनताले निकास पाउँछन्।’

यद्धपी उनले यही प्रस्ताव पारित भए पनि मधेशी, आदिवासी, जनजाति, समानुपातिक–समावेशी, शासकीय स्वरुप, संघीयता लगायतका समस्या हल हुन नसक्ने दाबी गरे । यादवले पटक पटक संविधानको कारण मुलुकमा द्वन्द्व नहोस् भनेर एकैचोटी समस्याको हल गर्नुपर्ने जिकिर गरे ।

अध्यक्ष यादवले अहिले आफ्नो पार्टी सरकारमा नजाने समेत स्पष्ट पारे । उनले भने,‘जुन दिन हामी सरकारमा जाने आवश्यकत्ता हुन्छ, त्यही दिन जान्छौं, अहिले यसबारेमा सोचेका छौं।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह