असार २६, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २६, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी संशोधन प्रस्तावको पक्षमा भोट हाल्छौं: यादव

२०७४, २६ असार सोमबार ०८:१९


असार २६, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी संसदमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको पक्षमा रहेकोले प्रस्तावको पक्षमा नै मतदान गर्ने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टी संशोधन प्रस्तावको पक्षमा नै रहेको स्पष्ट पारे । उनले भने,‘हामी यो प्रस्तावको विपक्षमा छैनौं, हाम्रो पार्टीले प्रस्ताव पारित गराउनको लागि पक्षमा नै मतदान गर्छ।’ यद्धपी उनले प्रस्ताव अझै अपूरो, अधुरो र अदुरदर्शी रहेको गुनासो पोखे ।

उनले अहिलेको संशोधन विद्येयकले संविधान संशोधनको ट्रयाक भने खोलेको स्पष्ट पारे । उनले थपे,‘मुलभुत समस्याको समाधान यो विद्येयकले गर्न सक्दैन्, त्यही कारणले हामीले फरक मत अर्थात संशोधन हालेका छौं ।’

उनले वर्तमान संशोधन विद्येयकलाई अझै परिमार्जन गर्नुपर्ने र पारित गराउँदा मुलुकले निकास पाउने आफूहरुको भनाई रहेको बताए । उनले भने,‘परिमाजर्नसहित प्रस्ताव पारित गरे मुलुक र जनताले निकास पाउँछन्।’

यद्धपी उनले यही प्रस्ताव पारित भए पनि मधेशी, आदिवासी, जनजाति, समानुपातिक–समावेशी, शासकीय स्वरुप, संघीयता लगायतका समस्या हल हुन नसक्ने दाबी गरे । यादवले पटक पटक संविधानको कारण मुलुकमा द्वन्द्व नहोस् भनेर एकैचोटी समस्याको हल गर्नुपर्ने जिकिर गरे ।

अध्यक्ष यादवले अहिले आफ्नो पार्टी सरकारमा नजाने समेत स्पष्ट पारे । उनले भने,‘जुन दिन हामी सरकारमा जाने आवश्यकत्ता हुन्छ, त्यही दिन जान्छौं, अहिले यसबारेमा सोचेका छौं।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी