असार २६, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई सोमबार पनि भएन ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आजका लागि तोकिएको सुनुवाई समय अभावको कारण देखाउँदै स्थगित गरिएको हो ।
अर्को सुनुवाईको मिति साउन २ गतेका लागि तोकिएको छ । सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको मतपरिणाम अन्यौलमा परेको छ ।
गत शुक्रबार पनि समयअभाव भन्दै सुनुवाई आजका लागि सारिएको थियो ।