मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उद"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज नगरका नव निर्वाचित जनप्रतिनिधिलाई विद्यालयद्वारा सम्मान

२०७४, २६ असार सोमबार १०:१८


मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उदघोष गर्नुभएको छ । 

सरस्वती निमावि शिवपुर कपिलवस्तुद्वारा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, कृषि सिंचाई र पूवार्धारका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

मधेशी र पहाडी बीचको दुरीलाई कम गर्दै जातीय र सामाजिक सद्भाव कायम गर्न पहल कदमी चाल्ने उहाँले बताउनुभयो । एक्लो प्रयोसले केही हुँदैन, आफ्नो टिमलाई सबैको साझाको रुपमा अगाडि उभ्याई आम नागरिकको भावनाको कदर गर्दै सबैले महसुस हुने गरी काम गर्ने उहाँले बताउनुभयो । 

नवनिर्वाचित उपमेयर शिवकुमारी चौधरीले पछाडि परेका थारु समुदायलाई शिक्षाको मूल प्रवाहीकरणमा ल्याउन पहिलो कदम चाल्ने प्रतिबद्धता जाहेर गर्नुभयो । थारु समुदाय अझैपनि शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनुपरेको समस्या दर्शाउँदै उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । यसका साथै अन्यायको विरुद्ध आवाज उठाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । 

नवनिर्वाचित वडाध्यक्ष एवं विद्यालयका अध्यक्ष रहेको जगतबहादुर जिसीले स्थानीय स्रोतसाधनको सदुपयोग र संरक्षण गर्दै वडाभित्र रहेका शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखी विकास कार्यलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । यता कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसीले नव निर्वाचित जनप्रतिनिधिहरुको कार्यसफलताको शुभकामना दिंदै हरेक नागरिकले महसुस हुने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । 


यसैगरी कार्यक्रममा समाजसेवी शिक्षाप्रेमी लंकबहादुर हमाल, ज्ञानीराम पुरी, विष्णुप्रसाद अधिकारी, ऋषिराम खनाल, सुमित्रा गिरी लगायतले नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले विद्यालयको समस्या दर्शाउँदै विद्यालयको चौतर्फी विकासका लागि सहयोगका अपेक्षा राख्नुभयो । एउटै गाउँबाट मेयर, उपमेयर र वडाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु शिवपुरबासीका लागि गौरबको विषय बनेको प्रअ मण्डलले औल्याउनुभएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसी र कार्यक्रमका अध्यक्ष एवं शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकला भारतीले टिका र खादाले सम्मान गर्नुभएको थियो । भने विद्यालयका पञ्चकन्याले नवनिर्वाचित पदाधिकारीहरुलाई माला लगाई सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी