असार २६, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । 

निर्वाचनसँगै आर्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २६, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । 

निर्वाचनसँगै आर्थि"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक समृद्धिको आधार नै स्थानीय तह: महरा

२६ असार २०७४, सोमबार १०:२५

असार २६, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउनुभएको छ । 

निर्वाचनसँगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उहाँले बताउनुभयो । 

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री महराले आज चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै तहको निर्वाचनपछि भने आर्थिक विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । “समृद्धिको आधार भनेको गाउँ र नगरको विकास हो, स्थानीय निकायलाई पर्याप्त बजेट छ,” मन्त्री महराले भन्नुभयो – “समृद्ध गाउँ बनाउन अब सबै जुट्नुपर्छ ।” 

नेपालको संविधानले तीन खम्बे अर्थनीति अवलम्बन गरेको सन्दर्भ जोड्दै उहाँले नेपालमा साधन र स्रोतको कुनै कमी नभएको बताउनुभयो । “हामी स्रोतसाधनमा धनी छौँ, राष्ट्रिय भिजन बनाउने हो भने अरू देशको तुलनामा नेपालमा छिटो विकास गर्न सकिन्छ”, मन्त्री महराले भन्नुभयो । 

पछिल्लो समयमा आर्थिक अनुशासनको परिपालनामा सुधार भइरहेको बताउँदै उहाँले लगानी मैत्री र आन्तरिक उत्पादनमा ध्यान दिन सकिए देश समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो । 

गत वर्ष बन्द भएका २०० उद्योग सञ्चालनमा आउनु समृद्धिका लागि सकारात्मक सन्देश भएको उहाँको भनाइ थियो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जिल्लाको आर्थिक अवस्था र औद्योगिक क्षेत्रका गतिविधिबारे जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह