असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहित चार दर्जन नेता माओवादी केन्द्रमा फर्किएका छन् ।  

सोमबार कुशवाहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहित चार दर्जन नेता माओवादी केन्द्रमा फर्किएका छन् ।  

सोमबार कुशवाहा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसभासद कुशवाहासहित दर्जन नेता माओवादीमा फर्किए

२६ असार २०७४, सोमबार १२:०६


असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहित चार दर्जन नेता माओवादी केन्द्रमा फर्किएका छन् ।  

सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् । माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर माओवादी केन्द्रमा फर्किएको कुशवाहाले बताए ।

कार्यक्रममा प्रचण्डले ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताएका छन् । उनले अघि भने, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै र्फकनुपर्छ, सबै नेता फर्केपछि एक्लै र्फकनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि र्फकनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन ।’ 

कुन पार्टीबाट कति प्रवेश गरे ?

माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा (एमाले) का जिल्ला समिति सदस्य एवं पूर्व गाबिस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपा (बिप्लव समूह) का रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका छन् ।

बारा र रौतहट जिल्लामा क्रियाशील भएर माओवादी प्रवेश गर्ने अन्य नेताहरुमा नेपाली कांग्रेसबाट कमल जउसवाल, चिनीलाल दास, हरेन्द्र जयसवाल, जयप्रकाश चौधरी, शेख हासिम, हरि साह, लालबाबु जयसवाल, भिखारी दास रहेका छन् । एमालेबाट प्रवेश गर्नेहरुमा पूर्वअध्यक्ष गौरीशंकर जयसवालसहित सुरेशप्रसाद जयसवाल, राजेशकुमार शर्मा, प्रमोदप्रसाद जयसवाल, गंगाप्रसाद जयसवाल, खहेरु ठाकुर, त्रिलोकी जयसवाल, सिकन्द्रप्रसाद जयसवाल, राजकिशोर जयसवाल, धिरेन्द्र जयसवाल, अमिन्द्र कुमार, चन्दन प्रसाद, सुरेश जयसवाल, मनोज प्रसाद, बिजेन्द्र प्रसाद, सञ्जय प्रसाद, रामु महतो, योगन्द्र प्रसाद रहेका छन् ।

नयाँ शक्तिबाट दिनेश पटेल, रामकिशोर कुशवाहा, गजेन्द्र प्रसाद कुशवाहा, श्यामबाबु कुशवाहा, रामविधाया कुशवाहा, शेषनाथ कुशवाहा, कमलेशप्रसाद कुशवाहा, सन्तोष कुशवाहा, सचिन कुशवाहा लगायतका नेता कार्यकर्ता पनि पूर्वसभासदसँगै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यसैगरी राजपाका प्रह्लाद सहनी, लोकतान्त्रिक फोरमका ओमनारायण चौरासिया र राप्रपाका राम एकवाल पटेललगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह