८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल चीन साहित्यिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड

२६ असार २०७४, सोमबार १२:१९

असार २६, काठमाडौँ । चिनियाँ लेखक सङ्घको निम्तामा चीनको कुनमिन, छेन्दु र बेइजिङमा आयोजना भएका विभिन्न साहित्यिक कार्यक्रममा भाग लिई नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डल शनिबार राजधानी फर्केको छ 

प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेको नेतृत्वमा प्राज्ञ हेमाङ्गराज अधिकारी, उषा ठाकुर, ज्ञानु पाण्डे, मातृका पोखरेल र विवश पोखरेल तथा प्रतिष्ठानको प्रशासनतर्फका उपप्रमुख शशी चालिसे भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो । सात सदस्य प्रतिनिधिमण्डल यही असार १८ गते चीनतर्फ प्रस्थान गरेको थियो । 

प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधिमण्डलको स्वागतमा पहिलो दिन लेखक सङ्घको युनान प्रान्तले कुनमिनमा गरेको कार्यक्रममा लेखक सङ्घ युनानका प्रतिनिधि फान लिङले नेपाल र चीनका बीचमा साहित्य रचना गर्ने विषय समान रहेको धारणा राख्नुभएको थियो । उहाँले नेपालका साहित्यकारले जस्तै चिनियाँ साहित्यकारले पनि पहाडी जनताका कथा लेखिरहेको खुलस्त पार्नुभएको थियो । 

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेले नेपाल र चीनबीचको सम्बन्ध धर्तीजत्तिकै पुरानो रहेको धारणा व्यक्त गर्नुभयो । लेखक सङ्घ युनान प्रान्तका पदाधिकारीले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सोही दिन चिनियाँ लेखक सङ्घ युनानले नेपाली प्रतिनिधिमण्डललाई टिन्स ताल, प्राचीन दरबारलगायत युनानका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो । 

असार २० गते लेखक सङ्घ बेइजिङ शाखाले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा लेखक सङ्घका अध्यक्ष छाङ ताओले प्रज्ञा–प्रतिष्ठान र लेखक सङ्घबीच भएको साहित्यिक सद्भाव आदानप्रदान सम्झौतानुसार दुई देशबीच भएका विगतका सम्बन्धको स्मरण गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष क्यु हुवादोङले चिनियाँ सरकारले चीनका अल्पसङ्ख्यक जातिको भाषा र साहित्यलाई अत्यन्तै महत्व दिएको जानकारी गराउनुभयो । सोही दिन लेखक सङ्घ बेइजिङले नेपाली प्रतिनिधिमण्डललाई ग्रेट वाल, अरनिकोद्वारा निर्मित श्वेतचैत्यलगायत बेइजिङका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो । 

यसै गरी लेखक सङ्घ सिन्चुवानले सिन्चुवानको राजधानी छेन्दुमा स्वागत एवम् साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा लेखक सङ्घ सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानमा लेखक सङ्घले इन्टरनेट साहित्यमा विशेष महत्व दिएको जानकारी गराउनुभएको थियो । कार्यक्रमपछि प्रतिनिधिमण्डललाई रातो पाण्डा चिडियाखाना, सङ्ग्रहालयलगायत छेन्दुका महत्वपूर्ण क्षेत्रको अवलोकन गराएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ