८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जसले जिते पनि काम माओवादी एजेण्डाअनुसार’: प्रचण्ड

२६ असार २०७४, सोमबार १५:३३

असार २६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा(एमाले)लगायत जुनसुकै दल र उम्मेदवारले जिते पनि एजेण्डा भने माओवादीकै हुने बताएका छन् । 

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले निर्वाचनमा अपेक्षाअनुसार विजय हासिल गर्न नसके पनि माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ । मुलुकले जितेको छ, यसैमा म खुसी छु ।’ 

स्थानीय तहको निर्वाचनमा जुन दलले जिते पनि काम भने माओवादी एजेण्डाअनुसार नै गर्नुपर्ने भएकाले स्थानीय तहमा जनताका पक्षमा काम गराउने वातावरण बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए। 

ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताउँदै नेता दाहालले भने, ‘सबै माओवादी घर फर्किनुको विकल्प छैन । बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन । सबै माओवादी मिलेर मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।’

सो अवसरमा पूर्वसभासद एवम् नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा सहितका करिब ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेतामा नेकपा (एमाले) का रौतहट जिल्ला समिति सदस्य एवम् पूर्वगाविस अध्यक्ष गौरीशङ्कर जयसवाल, नेकपाका रौतहट सचिव नन्दलाल ठाकुरलगायत छन् । 

सो कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद् कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए । एमाले जिल्ला समिति सदस्य जयसवालले एमालेमा फरक मत, विचार, आस्था र भावनाको सम्मान हुने परिस्थिति नरहेको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह