असार २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनःसंविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइएने स्पष्ट पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनःसंविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइएने स्पष्ट पा"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव पारित हुन नदिने एमाले निर्णय

२६ असार २०७४, सोमबार १५:४०

असार २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनःसंविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइएने स्पष्ट पारेको छ । 

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज सम्पन्न स्थायी कमिटी बैठकले यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अनेकौँ प्रतिकूलता भए पनि पार्टी पहिलो शक्तिका रुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

एमालेले निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशका पार्टीका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टीले आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नं २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनको तयारीमा व्यवस्थित ढङ्गले लाग्न मातहत कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ । 

बैठकले सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश सङ्गठन कमिटीलाई निर्देशित गरेको छ । साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि आगामी साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएका सन्दर्भमा सोहीअनुसार योजनाबद्ध रुपमा लाग्न समेत मातहत कमिटीलाई निर्देशन दिइएको विज्ञप्तिमा उख्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ