२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्लाभर ७५ देखी ८० प्रतिशत रोपाई सम्पन्न

२०७४, २६ असार सोमबार १६:१३

दान बहादुर बुढा/असार २६, मुगु । जिल्लाभर धान रोपाई गर्ने कार्य ७५ देखी ८० प्रतिशत सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

सदरमुकाम क्षेत्रमा पानी परिरहेको तथा खत्याड र सोरुमा सिचाई व्यवस्था भएकाले यो वर्ष समयमा नै ८० प्रतिशत रोपाई सम्पन्न भएको छ भने सुख्खा क्षेत्रमा रोपाई हुन बाँकि रहेको कार्यालयले जनाएको छ । 

जिल्लाको कुल खेति योग्य जमिन १९ हजार ३ सय ४० हेक्टर रहेकोमा वर्ष भरि सिचाई हुने जमिनिको क्षेत्रफल १ हजार ५० हेक्टर अर्थात ५ दशमलव ४ प्रतिशत रहेको छ भने आंशिक रुपमा सिचाई हुने जमिन ८ सय ४४ हेक्टर रहेको कार्यालयको तथ्याकं छ । 

कुल खेती गरिएको जमिन १८ हजार ४ सय २१ हेक्टर मध्य असिंचित १७ हजार ४ सय ४६ हेक्टर अर्थात ९० दशमलव २ प्रतिशत रहेको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख नुनुलाल उराउका अनुसार गर्त बर्ष भन्दा यो बर्ष समयमानै आकासे पानि परेको र जिल्लाको अन्नको भण्डार भनि चिनिने खत्याड भेगमा १००प्रतिशत रोपाई सकिएको छ भने अन्य गम भेग र सोरु भेगमा १५ प्रतिस रोपाई बाकी रहेको बताएका छन । 

हिजो आज देखि जिल्लाभर वर्षा हुन थालेकाले असार अन्त्यसम्म शत प्रतिशत धान रोपाई सम्पन्न हुने उनले बताए । केहि दिन अघि सम्म वर्षा नहुँदा जिल्लाका सोरु र खत्याड क्षेत्रका कृषकहरुले धान रोप्न सकेका थिएनन भने अन्य पादोमा लागउने अन्न बाली कोदो,फापर,मकै,चिनो कागुनु,आलु लगाएतको बाली लगाएत अन्य कृषिबाली खेतमा नै सुक्न थाले पछि कृषक चिन्तित बनेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी