असार २७, काठमाडौ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको संयुक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प प्रस्तुत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २७, काठमाडौ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको संयुक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प प्रस्तुत "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् तीन दलको बैठकमा प्रचण्डले राखेका तीन विकल्प

२७ असार २०७४, मंगलवार ०९:०९


असार २७, काठमाडौ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको संयुक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प प्रस्तुत गरेका छन् । 

मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन भन्दा पहिले संविधान संशोधन प्रस्ताव माथि छलफल गर्नै नचाहेपछि प्रचण्डले तीन विकल्प प्रस्तुत गरेका हुन् । 

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डले सहमतिमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने, त्यो विकल्पमा सहमति नजुटेको अवस्थामा संशोधन प्रस्ताव संसदमा भोटिङमा लैजाने र भोटिङबाट आएको परिणामलाई एमाले, राष्ट्रिय जनता पार्टी र सत्ता गठबन्धनले मान्ने र राजपा सहमत भएको अवस्थामा संघीय र प्रदेशको निर्वाचनसम्म संविधान संशोधन स्थगित गर्ने र राजपाका अन्य मुद्दाहरु माथि छलफल गर्ने विकल्प प्रस्तुत गरेका थिए । 

छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सबै तहको निर्वाचन (आगामी मङ्सिर)पछि मात्र संविधान संशोधन विधेयक अघि बढाउन प्रस्ताव गरेपछि त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग थप वार्ता गरेर सत्ता पक्ष निष्कर्षमा पुग्ने भएको छ । 

आजको छलफल संशोधन विधेयक मतदानमा लाने, हाल थाती राख्ने वा थप सहमति जुटाएर पारित गराउने जस्ता विकल्पमा केन्द्रित थियो । 

 श्रेष्ठले संविधान संशोधन भएमा राजपा निर्वाचनमा सहज रुपमा आउने भएकाले यसबारे सहमति जुटाउन पहल गरिएको तर एमालेले हाललाई यो प्रस्ताव अघि नबढाउन आग्रह गरेकाले यसबारे के गर्ने भन्नेमा राजपासँग थप छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए । 

बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता निधि, एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता श्रेष्ठ र रामबहादुर थापा 'बादल' सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह