असार २७, काठमाडौं । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २७, काठमाडौं । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेद"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

२७ असार २०७४, मंगलवार १५:२२


असार २७, काठमाडौं । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई मंगलबार दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको छ । 

रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोही अनुसार शर्माले काम गरेको हुँदा थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ । 

राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो । 

विशेष अदालतले पुर्पक्षका लागि उहाँलाई थुनामा राख्ने आदेश दिएको थियो । आदेशअनुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ । 

शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले २१ अर्ब रुपैयाँ बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायतका आरोप छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह