८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तारा जोशीलाई भीम रावलको प्रस्ताव– मिलेर जाउ

१५ पुष २०८१, सोमबार १४:३१

काठमाडौँ | नेकपा एमालेबाट निस्कासित नेता डा. भीम रावलले नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश सांसद ताराप्रसाद जोशीलाई आफूले नयाँ पार्टी बनाउन लागेको भन्दै मिलेर जान प्रस्ताव राखेका छन्।

सोमबार बिहान आफ्नै निवासमा पुगेका डा.जोशीसहितका नेतालाई रावलले आफूले देशव्यापी भ्रमण गरेर नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेको हुँदा मिलेर जाने प्रस्ताव राखेका हुन्। ‘उहाँले मिलेर जाउ भन्नुभयो,’ डा. जोशीले भने, ‘मैले जवाफ दिइसकेको छैन।’

जोशी पार्टीबाट टिकट नपाएपछि डडेल्धुरा प्रदेश सभा–२ बाट स्वतन्त्ररुपमा निर्वाचित भएका थिए।

एमालेको निस्कासनमा परेपछि रावलले नयाँ पार्टी खोल्ने तयारी समेत गरेका छन्। त्यही सन्दर्भमा उनले सुदूरपश्चिम क्षेत्रका विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसँग पनि भेटघाट थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी