८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव

१५ पुष २०८१, सोमबार १६:५२

काठमाडौँ | नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)लाई सक्रिय बनाउने भए आफ्ना पाँच प्रस्ताव लागु हुनुपर्ने बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबारको भेटमा उनले आफ्ना प्रस्ताव सुनाएका हुन् ।

गौतमले पार्टीलाई सक्रिय बनाउन आफ्नो क्रियाशील भूमिका पनि माग गरेका छन् । उनले आफ्नो मात्र नभएर आफूसँग भएका नेताहरूको उचित व्यवस्थापनको माग गरेका छन् ।

गौतमले कुराकानीमा आफूले नेपालसँग राखेका प्रस्ताव यसरी सुनाए–
१. वरिष्ठ नेताको सक्रिय भूमिका हुँदैन, मलाई २४ सै घण्टा केही न केही गर्ने भूमिका दिनुपर्छ । कार्यक्षेत्रबिनाको नेता के गर्न चाहियो ? केही नभएको कार्यक्षेत्र लिएर काम गर्न सकिँदैन ।
२. पार्टीले गति लिन केन्द्रीय कमिटी पूर्णकालीन हुनुपर्छ ।
३. जनतालाई गोलबन्द गर्न सक्ने विचार अघि सानुपर्छ ।
४. समाजवाद हाम्रो तात्कालिक विषय बनाउन सक्नुपर्छ । देशका तीन क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ–
पहिलो, उत्पादन प्रणाली – सम्पूर्ण उत्पादन सामूहिक प्रणालीमा लैजानुपर्छ ।
दोस्रो, शासन प्रणाली – प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ ।
तेस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणाली – यिनले गतिशीलता पैदा हुन्छ । यति भयो भने पार्टी निर्माण गर्न सक्छौँ । यति भएन भने पार्टी निर्माण गर्न सकिँदैन, समय मात्रै बर्बाद हुन्छ ।

यसबारे माधव नेपालले पार्टीको विधानानुसार जिम्मेवारी हुने र बाँकी विषयमा छलफल गर्न सकिने बताएको उनले जानकारी दिए । नेता नेपालले फेरि छलफल गर्ने जवाफ गौतमलाई दिएका छन् ।

एकीकृत समाजवादीले गौतमलाई अध्यक्ष र सम्मानित नेता झलनाथ खनालपछि वरिष्ठ नेताको तेस्रो वरीयतासहित पार्टीमा आउन आग्रह गरेको छ । सोही विषयमा चरणबद्ध रूपमा छलफल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी