२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्छ: सभामुख

२०७४, २८ असार बुधबार १२:५५

असार २८, काठमाडौँ । सभामुख ओनसरी घर्तीमगरले संविधानले सबै जाति समुदायका भाषा तथा संस्कृतिलाई महत्व दिएकाले सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्ने बताउनुभएको छ । 

भाषा आयोगले आज आयोजना गरेको ‘भाषा आयोगको संवैधानिक दायित्व र भावी मार्गचित्र’ विषयक गोष्ठीमा उहाँले संविधानमा भाषिक विविधतलाई प्राथमिकतामा राखिएको बताउँदै अल्पमतमा रहेका भाषालाई सन्तुलित र समावेशी बनाउन आयोगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसदत्रय गणेशमान गुरुङ, गोपाल दहित र अईन्द्रसुन्दर नेम्वाङले राजनीतिक दलका फरक मान्यता र दर्शन भए पनि भाषाको संरक्षण गर्नका लागि ऐक्यबद्धता व्यक्त गर्दै मुलुकमा बसोबास गर्ने सबै जाति तथा समुदायका भाषा र संस्कृतिको खोज अनुसन्धान गर्न सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल, पूर्व सांसद विदुरप्रसाद पौडेल, संघीय समाजवादी पार्टीका नेत्री सोनी लामाले देशको भाषिक विविधतालाई जगमा राखेर निर्माण भएको संविधान तथा संघीयता कार्यान्वयनका लागि भाषाको समूचित व्यवस्थापन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

आयोगका अध्यक्ष लवदेव अवस्थीले अस्तित्वमा रहेका सबै भाषा मानव समुदायको अमूल्य निधि भएको बताउँदै ज्ञान आर्जनको माध्यम पनि भाषा भएकाले यसको सर्वस्वीकार्यताका लागि कार्य भइरहेको जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो