२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री पौडेलको आकस्मिक बैठक

२०८१, १७ पुष बुधबार १७:५२

काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स संक्रमणको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूसँग छलफल गरेका छन् । उनले रोगको संक्रमण फैलन नदिन हरेक सम्भावित उपाय अवलम्बन गर्न निर्देशन दिएका छन् ।

हाल स्वास्थ्य मन्त्रालयले विमानस्थल हुँदै स्वदेश फर्कने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी प्रदान गर्दै आएको छ । मन्त्री पौडेलले एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरूसँग समन्वय गरी थप जोखिम नियन्त्रणका लागि मन्त्रालयको पूर्ण प्रतिबद्धता जनाए ।

उनले भने, ‘तपाईंहरुलाई कुनै पनि समस्या भए मन्त्रालय सधैं सहयोग गर्न तयार छ । हामी सबैले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ ।’ हालसम्म साउदी अरेबियाबाट आएका दुई नागरिकमा एमपक्स संक्रमण पुष्टि भएको छ । एक जना बिरामी उपचारपछि घर फर्किएका छन् । अर्का बिरामीको टेकुस्थित सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयले विमानस्थलमा संकास्पद बिरामीको सम्पर्क ट्रेसिङ गरिरहेको छ । हेल्थ डेस्कमार्फत फर्कने यात्रुहरूलाई एमपक्सबारे सचेतना फैलाइरहेको छ । मन्त्री पौडेलले नेपाली दूतावासमार्फत विदेशमा रहेका नेपाली समुदायलाई सचेतना प्रदान गर्ने प्रतिबद्धता जनाए । साथै, नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला र सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले समन्वयमा काम गरिरहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले नेपाल सरकारले एमपक्स नियन्त्रणका लागि देखाएको सक्रियता र अपनाएको सावधानीलाई प्रशंसनीय भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए । मन्त्री पौडेलले सबै सरोकारवालाहरुलाई जिम्मेवारीपूर्वक काम गर्न आह्वान गर्दै भने, ‘हामीले नागरिकलाई जोखिममा पर्न नदिन हरेक सतर्कता अपनाइरहेका छौं । तपाईंहरूको साथ र जिम्मेवारी आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार