२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री पौडेलको आकस्मिक बैठक

१७ पुष २०८१, बुधबार १७:५२

काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स संक्रमणको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूसँग छलफल गरेका छन् । उनले रोगको संक्रमण फैलन नदिन हरेक सम्भावित उपाय अवलम्बन गर्न निर्देशन दिएका छन् ।

हाल स्वास्थ्य मन्त्रालयले विमानस्थल हुँदै स्वदेश फर्कने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी प्रदान गर्दै आएको छ । मन्त्री पौडेलले एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरूसँग समन्वय गरी थप जोखिम नियन्त्रणका लागि मन्त्रालयको पूर्ण प्रतिबद्धता जनाए ।

उनले भने, ‘तपाईंहरुलाई कुनै पनि समस्या भए मन्त्रालय सधैं सहयोग गर्न तयार छ । हामी सबैले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ ।’ हालसम्म साउदी अरेबियाबाट आएका दुई नागरिकमा एमपक्स संक्रमण पुष्टि भएको छ । एक जना बिरामी उपचारपछि घर फर्किएका छन् । अर्का बिरामीको टेकुस्थित सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयले विमानस्थलमा संकास्पद बिरामीको सम्पर्क ट्रेसिङ गरिरहेको छ । हेल्थ डेस्कमार्फत फर्कने यात्रुहरूलाई एमपक्सबारे सचेतना फैलाइरहेको छ । मन्त्री पौडेलले नेपाली दूतावासमार्फत विदेशमा रहेका नेपाली समुदायलाई सचेतना प्रदान गर्ने प्रतिबद्धता जनाए । साथै, नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला र सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले समन्वयमा काम गरिरहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले नेपाल सरकारले एमपक्स नियन्त्रणका लागि देखाएको सक्रियता र अपनाएको सावधानीलाई प्रशंसनीय भन्दै आवश्यक सहयोगका लागि तयार रहेको बताए । मन्त्री पौडेलले सबै सरोकारवालाहरुलाई जिम्मेवारीपूर्वक काम गर्न आह्वान गर्दै भने, ‘हामीले नागरिकलाई जोखिममा पर्न नदिन हरेक सतर्कता अपनाइरहेका छौं । तपाईंहरूको साथ र जिम्मेवारी आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै