७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!

२६ पुष २०८१, शुक्रबार ११:५८

काठमाडौँ | पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिका सभापति रहेका थापाले सामाजिक सञ्जालमा तीन वटा स्टाटस लेखिसकेका छन् ।

रविबारे अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुने उनको भनाइ छ ।

उनले रविबारे पहिलो स्टाटसमा लेखेका छन्, ‘कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन – सहकारीको रकमबाटै शुरूमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवी लामिछानेको शेयरवापत भुक्तानी गरेको खुलासा ।’

दोस्रो स्टाटसमा लेखेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ । त्यसनिम्ति ७३नं । को व्यवस्था मौजुद नै छ !’

उनले आज बिहानमात्रै थप एक स्टाटस लेखेका छन् । जसमा उनले

‘रवी जिम्मेवार/कारबाहीको सिफारिस-क्लिन चिट !!
रवी निर्दोष छन्- हाहा हुहु !!
अनुसन्धानको लागि पक्राउ- सरकार म-यो/जुठो बार !!
अनुसन्धान-अभियोजन-हिरासत- राजनीतिक प्रतिशोध !!
अदालती सुनुवाई- न्याय मरेको छैन !!
६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!!
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन- हिहि !!
सहकारीको करोडौं बचत दुरूपयोग- छिछि !!
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज – सुनुवाई छ कि!!’ लेखेका छन् ।

बिहीबार साँझ जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी