७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन

२६ पुष २०८१, शुक्रबार १६:११

काठमाडौँ | वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिम देशगत रूपमा दिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूलाई देशगत समूहमा तालिम दिन निर्देशन दिएको हो ।

आगामी माघ १ गतेदेखि त्यस्ता संस्थाहरूले देशगत रूपमा पूर्व प्रस्थान तालिम प्रदान गर्नुपर्ने भएको हो । विभागले गत पुस ३ गतेदेखि फेसटाइम एटेन्डेन्स एण्ड आइरिस रिकग्निसन सिस्टम लागू गरेको थियो ।

आइरिस सिस्टम लागू भएसँगै विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई देशगत रूपमा तालिम प्रदान गर्न निर्देशन दिएको हो ।

उक्त सिस्टम लागू भएसँगै अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि भौतिक रूपमा नै कक्षामा उपस्थित हुने गरेका छन् । विभागले देशगत क्लस्टर लागू गर्न निर्देशन दिँदै सोही आधारमा पूर्वतयारी गर्न भनेको हो ।

यसअघि क्लस्टर तालिम सञ्चालन अनुमतिप्राप्त संस्थाले १ माघदेखि तोकिएको क्लस्टर अनुसारको तालिम सञ्चालन गर्नुपर्ने भनेको छ । देशगत क्लस्टर सञ्चालन अनुमतिका लागि निवेदन नदिएका वा निवेदन दिएपनि छनोट नभएका संस्थाले २८ पुसभित्र आफूले सञ्चालन गर्ने देशगत क्लस्टर समूह, पूर्वाधार र प्रशिक्षकहरूको योग्यता खुलाए निवेदन दिएर छनोट भएपछि १ माघदेखि नै देशगत तालिम सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ ।

देशगत क्लस्टर तालिम संचालनअनुमति पाएका संस्थाले एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न वा तोकिएको क्लस्टर परिवर्तन गर्न चाहेको अवस्थामा आफूले सञ्चालन गर्न चाहेको पूर्वाधार र प्रशिक्षकको योग्यता खुलाई कम्तीमा ७ दिन अगाडि नै निवेदन दिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी