२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित

२६ पुष २०८१, शुक्रबार १६:३३

काठमाडौँ | नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्र बाबु राईलाई दलहरुले नेपाल ल्याउन नचाहेको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिबी फर्किएको खण्डमा सबै नेताहरुको पोल खुल्ने डर रहेको बताएका हुन् । साना–ठूला सबै भ्रष्टाचारको काण्डमा दलका नेताहरुको संलग्नता रहने गरेको उनले दाबी गरे ।

‘जिबी राई फर्काउने कुरै छैन । किनकी जिबी फर्कियो भने पोल खुल्छ । याद गर्नुस्, नेपालमा सानो भ्रष्टाचार होस् कि ठूलो ? नेताहरुको संलग्नता नरहेको त छदै छैन । त्यसैले जिबी राईलाई कुनै पार्टीले पनि ल्याउन चाहँदैन । उ नआई पीडितले पैसा पाउँदैनन्,’– उनले भने ।

साथै, वर्तमान सरकारले कुनैपनि भ्रष्टाचारको मुद्दामा अनुसन्धान अगाडि बढाउन नसकेको बताए । उनले कम्बोडिया काण्ड, गिरीबन्धु, भुटानी शरणार्थीलगायतका काण्डमा अनुसन्धान नै अगाडि बढ्न नसकेको बताए ।

उनले भने, ‘कम्बोडियाको कुरा छ, प्रष्ट देखिएको छ, त्यो चुपचाप छ । कम्बोडियाको कुरा गर्नेवित्तिकै प्रसाईँजीलाई थुन्दिहाले । आज उहाँ बोल्नै नसक्ने अवस्थामा हुनुहुन्छ । गिरिबन्धु छ, शेरादरबार, जनमुक्ति सेनाको पैसाको कुरा आउँछ, भु्टानी प्रकरण छ, कुनैपनि मुद्दा अगाडि बढ्न सकेको छैन । हामी चुर्लुम्म भ्रष्टाचारमा डुबेका छौं । अगाडि उज्यालो छ भन्ने अवस्था आज हामीसँग छैन ।’

साथै, कास्की जिल्ला अदालतको आदेशलाई रवि लामिछानेको जितको रुपमा लिन नहुने उनले बताए । देशभरका ७६ हजार बचतकर्ता सहकारीबाट पीडित भएको र पीडितको पक्षमा कसैले पनि चासो नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘रवि लामिछानेको कसरी जित हुन्छ ? पीडितले पैसा पाएकै छैनन् । हामीले पीडितको कुरा गरेकै छैनौं । १८ हजारमात्रै पोखरामा पीडित छन् । ७६ हजार मान्छे देशव्यापी पीडामा छन् । पीडित कतिको जिन्दगी खतम भएको छ । कसैले पीडितको लागि केहीपनि बोलेका छैनन् । पीडितको मतलब नै छैन हामीलाई ।’

एउटा व्यक्ति (लामिछाने) माथि सबैको ध्यानाकार्षण भएको तर ७६ हजार पीडितलाई कसैले वास्ता नगरेको उनले बताए । उनले सहकारी पीडितको पक्षमा लेखिदिन र बोलिदिन सबैलाई आग्रह गरे । अदालतले पनि पीडितको हित हुनेगरी आदेश गर्नुपर्ने उनको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा