काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी छिन् ।
शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै सांसद कार्कीले देशका युवाहरु बढी बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी अर्थात् जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन्, तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’
यसैगरी उनले सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । रोजगारीकै कारण लाखौं संख्यामा युवाहरु विदेशिनु परेको उनको भनाइ छ ।