७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर

२८ पुष २०८१, आईतवार १४:१९

काठमाडौँ | तह तीन र चारका विद्यार्थीहरूले नेपाल विद्युत् प्राधिकरण, सिटिईभिटी, लोकसेवा आयोग, ऊर्जा मन्त्रालय र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

प्राधिकरणले विद्यार्थीलाई कुनै पनि सूचना नदिई तह तीन र चारको खुलातर्फको विज्ञापन नखुलाउने निणर्य लिएपछि विद्यार्थीहरूले प्राधिकरण, सिटिईभिटी र लोकसेवा आयोगलाई रोजगारीको अवसरबाट वञ्चित नगराउन र परीक्षा दिने वातावरणको व्यवस्था गरिदिन भन्दै निवेदन दिएका थिए । तर तिनवटै निकायले लामो समयसम्म पनि विद्यार्थीको गुनासो नसुनेपछि पुस २५ गते उनीहरूले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

प्राधिकरणले आर्थिक वर्ष २०८१–८२ देखि तह तीन र चारको खुलातर्फको विज्ञापन नखुलाउने निर्णय गरेको छ । जसका कारण इलेक्ट्रिक ईन्जिनियरिङको टिएसएलसी र इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थीहरूको भविष्य यतिवेला अन्योलमा छ । टिएसएलसी र इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थीहरूले प्राधिकरणको तह तीन र चारमा प्रवेश गर्न पाउँछन् ।

सिटिईभिटीबाट प्राविधिक शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने सपना प्राविधिकरणको निर्णयले अन्योल भएको विद्यार्थीहरूको गुनासो रहेको छ ।

‘हामीले पढेको विषयअनुसार रोजगारी दिने निकाय नै प्राधिकरणले हो । त्योभन्दा बाहेक अन्य कुनै निकाय नै छैन । प्राधिकरणले हामीलाई रोजगारी गर्नबाट वञ्चित गराउने हो भने हामी अब कहाँ जाने ?’ विद्यार्थी सुशिला रोकायले भनिन्, ‘प्राधिकरणले ५–६ वर्ष अगाडिदेखि अब तह तीन र चारको विज्ञापन खुलाउँदैनौँ भनेको भए अन्य विषय पढ्थ्यौँ होला । प्राधिकरणले हामीलाई अन्याय गरेको छ ।’

सुरुमा विद्यार्थीले रोजगारीबाट वञ्चित नगराउन भनी प्राधिकरण, सिटिईभिटी र लोकसेवा आयोगलाई निवेदन दिएका थिए । सिटिईभिटीका विद्यार्थी विनोद अधिकारीले भने, ‘निवेदन दिएको लामो समय बितिसक्दा पनि तिनवटै सरोकारवाला निकायले कुनै वास्ता नगरेपछि अदालतसम्म पुग्न बाध्य भएका हौँ ।’

नेपाल विद्युत् प्राधिकरणको कर्मचारी सेवा, सर्त विनियमावली २०७५ को २०२४ डिसेम्बर २१ मा भएको ११ औँ संशोधनको परिच्छेदमा तह तीन र चारको खुलातर्फ विज्ञापन नखुलाउने तर आन्तरिकतर्फ ४० प्रतिशत पदपूर्ति गरिने उल्लेख छ । त्यस्तै तह चारमा पनि खुलातर्फ विज्ञापन नखुलाउने तर आन्तरिकबाट ३० प्रतिशत स्थायी पदपूति गरिने उल्लेख छ । प्राधिकरणको यो निर्णयसँगै विद्यार्थीहरूसर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी