२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर

२०८१, २८ पुष आईतवार १४:१९

काठमाडौँ | तह तीन र चारका विद्यार्थीहरूले नेपाल विद्युत् प्राधिकरण, सिटिईभिटी, लोकसेवा आयोग, ऊर्जा मन्त्रालय र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

प्राधिकरणले विद्यार्थीलाई कुनै पनि सूचना नदिई तह तीन र चारको खुलातर्फको विज्ञापन नखुलाउने निणर्य लिएपछि विद्यार्थीहरूले प्राधिकरण, सिटिईभिटी र लोकसेवा आयोगलाई रोजगारीको अवसरबाट वञ्चित नगराउन र परीक्षा दिने वातावरणको व्यवस्था गरिदिन भन्दै निवेदन दिएका थिए । तर तिनवटै निकायले लामो समयसम्म पनि विद्यार्थीको गुनासो नसुनेपछि पुस २५ गते उनीहरूले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

प्राधिकरणले आर्थिक वर्ष २०८१–८२ देखि तह तीन र चारको खुलातर्फको विज्ञापन नखुलाउने निर्णय गरेको छ । जसका कारण इलेक्ट्रिक ईन्जिनियरिङको टिएसएलसी र इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थीहरूको भविष्य यतिवेला अन्योलमा छ । टिएसएलसी र इन्डस्ट्रीयल इलेक्ट्रिक अध्ययन गरेका विद्यार्थीहरूले प्राधिकरणको तह तीन र चारमा प्रवेश गर्न पाउँछन् ।

सिटिईभिटीबाट प्राविधिक शिक्षा हासिल गरेर सरकारी सेवामा प्रवेश गर्ने सपना प्राविधिकरणको निर्णयले अन्योल भएको विद्यार्थीहरूको गुनासो रहेको छ ।

‘हामीले पढेको विषयअनुसार रोजगारी दिने निकाय नै प्राधिकरणले हो । त्योभन्दा बाहेक अन्य कुनै निकाय नै छैन । प्राधिकरणले हामीलाई रोजगारी गर्नबाट वञ्चित गराउने हो भने हामी अब कहाँ जाने ?’ विद्यार्थी सुशिला रोकायले भनिन्, ‘प्राधिकरणले ५–६ वर्ष अगाडिदेखि अब तह तीन र चारको विज्ञापन खुलाउँदैनौँ भनेको भए अन्य विषय पढ्थ्यौँ होला । प्राधिकरणले हामीलाई अन्याय गरेको छ ।’

सुरुमा विद्यार्थीले रोजगारीबाट वञ्चित नगराउन भनी प्राधिकरण, सिटिईभिटी र लोकसेवा आयोगलाई निवेदन दिएका थिए । सिटिईभिटीका विद्यार्थी विनोद अधिकारीले भने, ‘निवेदन दिएको लामो समय बितिसक्दा पनि तिनवटै सरोकारवाला निकायले कुनै वास्ता नगरेपछि अदालतसम्म पुग्न बाध्य भएका हौँ ।’

नेपाल विद्युत् प्राधिकरणको कर्मचारी सेवा, सर्त विनियमावली २०७५ को २०२४ डिसेम्बर २१ मा भएको ११ औँ संशोधनको परिच्छेदमा तह तीन र चारको खुलातर्फ विज्ञापन नखुलाउने तर आन्तरिकतर्फ ४० प्रतिशत पदपूर्ति गरिने उल्लेख छ । त्यस्तै तह चारमा पनि खुलातर्फ विज्ञापन नखुलाउने तर आन्तरिकबाट ३० प्रतिशत स्थायी पदपूति गरिने उल्लेख छ । प्राधिकरणको यो निर्णयसँगै विद्यार्थीहरूसर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो