२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित

२८ पुष २०८१, आईतवार १४:४६

काठमाडौँ | नेकपा एकीकृत समाजवादीसँग एकताको अन्तिम गृहकार्यमा रहेको वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान अन्तिम समयमा हच्किएको छ ।

सैद्धान्तिक, वैचारिक र संगठनिक विषयहरू टुंगिएको भन्दै यसैसाता पार्टी एकता गर्ने दावी नेकपा एस र अभियानका नेताहरूले गरेका थिए । त्यसका लागि २७ पुसमा अभियानको केन्द्रीय कमिटी बैठक बस्ने र निर्णय गर्ने भनिएको थियो । तर, अभियानको बैठक एससँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने निर्णय लिन सकेन ।

‘अभियानको केन्द्रीय कमिटी बैठक बसेको थियो,’ महासचिव डीबी कार्कीले भने, ‘नेकपा एससँगको एकता प्रक्रियाबारे गम्भीर छलफल भयो । हामी वाम एकताको पक्षमा छौँ । त्यसैले नयाँ शिराबाट वामपन्थी एकताको बहस अघि बढाउन कमरेड वामदेव गौतमको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएर बैठक सकियो ।’

अब पार्टी एकताको विषय सोही समितिले टुंग्याउने उनले बताए । वार्ता समितिले नेकपा एससँगै एमालेलगायतका वामपन्थी दलहरूसँग पनि एकताका लागि पहल र छलफल गर्ने उल्लेख गर्दै महासचिव कार्कीले भने, ‘अहिले नै तत्कालै नेकपा एससँग एकता गर्ने कुनै निर्णय भएन ।’

वैचारिक रूपले सबैभन्दा नजिकको दल भनेको नेकपा एमालेको एमालेको २१–२३ को बैठकले विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका नेताकार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेपछि गौतमले एससँगको एकता प्रक्रिया लम्ब्याएका हुन् । उनी अझै पनि एमालेमै फर्किन चाहेको निकटस्रोतको दाबी छ ।

नेकपा एससँग एकताको निर्णय लिन बसेको बैठकमा संयोजक गौतमले अध्यक्ष माधवकुमार नेपालले मन खोलेर स्वागत गर्न र उपयुक्त जिम्मेवारी दिन हिच्किचाएको ब्रिफिङ गरेका थिए । गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेताका रूपमा पार्टीमा स्वागत गरेर नेकपा एसले पूर्वएमाले वृत्तमा नयाँ सन्देश प्रवाह गर्न चाहेको छ । तर, नेता गौतम संगठन विभाग आफूले पाउनुपर्ने अडानमा छन् । जुन जिम्मेवारी दिन अध्यक्ष नेपाल तयार छैनन् । पार्टी महासचिवले लिँदै आएको संगठन विभाग प्रमुखको जिम्मेवारी घनश्याम भुसाल महासचिव बनेदेखि अरुले नै लिँदै आएका छन् । कुनैबेला कुशल संगठनको परिचय बनाएका गौतमलाई त्यो जिम्मेवारी दिँदा पार्टीमा असन्तुष्टि बढ्ने र पूर्वमाले समूह एकठाउँ उभिने जोखिम देखेपछि अध्यक्ष नेपाल तयार नभएका हुन् ।

एकताका लागि वार्ताको जिम्मेवारी पाएका नेकपा एसका स्थायी कमिटी सदस्य बलराम बास्कोटा भने दुई पक्षबीच वार्ता भइ राजनीतिक, वैचारिकलगायतका विषय टुंग्याइसकेको स्थितिमा आफूहरू अभियानको निर्णय पर्खेर बसेको बताउँछन् ।

उनका अनुसार, गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेता बनाउन नेकपा एस तयार छ । तर, जबजलाई मार्गदर्शक सिद्धान्त स्वीकार्न भने अस्वीकार गरेको छ । ‘विचार भने १० औँ महाधिवेशनले पारित गरेको नै स्वीकार्नुपर्छ’ बास्कोटा भन्छन्, ‘तर, वामदेव कमरेडले आफूआबद्ध कमिटीमा आफ्नो भिन्न विचार राख्न पाउनुहुन्छ । तल महाधिवेशनले पारित विचार कार्यान्वयन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन