७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने

२८ पुष २०८१, आईतवार १८:०७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको हिरासतमा राखिने भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा भएको बयान सकिएसँगै थुनछेक बहस सुरु हुनुअघि प्रहरी हिरासतमा राख्न अदालतले आदेश दिएको हो । उनलाई सोमबार १० बजे अदालतमा हाजिर हुन भनिएको छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार बिहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार हिरासतमा गएका हुन् ।

आइतबार बिहान आफैँ अदालतमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरूको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् । उनी सोमबार थुनछेक बहसका लागि अदालतमा हाजिर हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी