२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा

२०८१, २९ पुष सोमबार १२:५१

काठमाडौँ | परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली विद्यार्थी विपिन जोशीको सकुशल उद्धारको लागि पहल भइरहेको बताएकी छन् । आज (सोमबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले विपिन सकुशल रहेको र उनी फर्किनेमा आफू ढुक्क रहेको बताएकी हुन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएको विपिनको बारेमा बोल्दै मन्त्री राणाले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु।’

उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।

मन्त्री राणाले विपिनको रिहाइका लागि नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विशेष पहल गरिदिन आग्रह गरिएको पनि बताईन् ।

७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी नेपाली विद्यार्थी विपिनलगायतलाई बन्धक बनाएर गाजातर्फ लगेको बताइएको छ । त्यसयता विपिनको बारेमा आधिकारिक कुनै खबर आएको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर