२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार ब्यबसायी संघको अध्यक्षमा रोहन गुरुङ (कसको कति मत ?)

२०७४, ३१ असार शनिबार ०२:३९


असार ३१, काठमाडौँ | वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । विमल ढकाललाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।

शुक्रबार मध्यराति राजधानीको आर्मी क्लबमा भएको २५ औं वार्षिक साधारण सभाको निर्वाचनमा गुरुङले ढकाललाई ९३ मतले पराजित गरे । गुरुङले ४ सय ३४ मत पाए भने ढकालले ३ सय ४१ मत पाए ।

कार्यसमितिमा पनि गुरुङ प्यानलकै बर्चस्व छ । संघका यस अघिका अध्यक्ष विमल ढकाल लोकतान्त्रिक पक्षधर हुन् भने गुरुङ्ग एमाले निकट हुन् । गुरुङ्गलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसहित छ वटा संस्था/समुहको गठबन्धनबाट बनेको प्यानलको तर्फबाट समर्थन थियो भने ढकाललाई कांग्रेस र यस अघिको निर्वाचनमा बागी उम्मेदवार उठेका किरण कोशोर घिमिरे सहितको साथ थियो । 

२५ औं साधारणसभा पछी २ बर्षको कार्यकालसम्मका लागि अध्यक्ष चयन भएका गुरुङ बसुन्धरास्थित टप जब्स प्रालिका सञ्चालक हुन् ।

ढकाल यस अघिको  निर्वाचनका अध्यक्ष हुन् भने गुरुङ्ग यस अघि महासचिवमा निर्वाचित भएका थिए । 

बाँकी कसको मत कति ?

प्रथम उपाध्यक्ष

राम प्रसाद भान्तना ४९६ (गुरुङ प्यानलबाट विजयी)

प्रज्ञान न्यौपाने ३१०

द्धितिय उपाध्यक्ष

भुवन गुरुङ ४०७ (ढकाल प्यानल विजयी)

सुवर्ण श्रेष्ठ ३६२

तृतिय उपाध्यक्ष

शुक्र पाख्रिन ४३२ (गुरुङ प्यानलबाट विजयी)

नवल किशोर यादव ३६१

महासचिव

नरेश गेलाल ४४९ (गुरुङ प्यानलबाट विजयी)

सुजित श्रेष्ठ ३७८

सचिव

इश्वर जिसी ४०० (गुरुङ प्यानलबाट विजयी)

विनोद केसी ३६९

कोषाध्यक्ष

राधिका कटुवाल ४०४ (ढकाल प्यानल विजयी)

रमिला ताम्रकार ३३७ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी