८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार ब्यबसायी संघको अध्यक्षमा रोहन गुरुङ (कसको कति मत ?)

३१ असार २०७४, शनिबार ०२:३९


असार ३१, काठमाडौँ | वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । विमल ढकाललाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।

शुक्रबार मध्यराति राजधानीको आर्मी क्लबमा भएको २५ औं वार्षिक साधारण सभाको निर्वाचनमा गुरुङले ढकाललाई ९३ मतले पराजित गरे । गुरुङले ४ सय ३४ मत पाए भने ढकालले ३ सय ४१ मत पाए ।

कार्यसमितिमा पनि गुरुङ प्यानलकै बर्चस्व छ । संघका यस अघिका अध्यक्ष विमल ढकाल लोकतान्त्रिक पक्षधर हुन् भने गुरुङ्ग एमाले निकट हुन् । गुरुङ्गलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसहित छ वटा संस्था/समुहको गठबन्धनबाट बनेको प्यानलको तर्फबाट समर्थन थियो भने ढकाललाई कांग्रेस र यस अघिको निर्वाचनमा बागी उम्मेदवार उठेका किरण कोशोर घिमिरे सहितको साथ थियो । 

२५ औं साधारणसभा पछी २ बर्षको कार्यकालसम्मका लागि अध्यक्ष चयन भएका गुरुङ बसुन्धरास्थित टप जब्स प्रालिका सञ्चालक हुन् ।

ढकाल यस अघिको  निर्वाचनका अध्यक्ष हुन् भने गुरुङ्ग यस अघि महासचिवमा निर्वाचित भएका थिए । 

बाँकी कसको मत कति ?

प्रथम उपाध्यक्ष

राम प्रसाद भान्तना ४९६ (गुरुङ प्यानलबाट विजयी)

प्रज्ञान न्यौपाने ३१०

द्धितिय उपाध्यक्ष

भुवन गुरुङ ४०७ (ढकाल प्यानल विजयी)

सुवर्ण श्रेष्ठ ३६२

तृतिय उपाध्यक्ष

शुक्र पाख्रिन ४३२ (गुरुङ प्यानलबाट विजयी)

नवल किशोर यादव ३६१

महासचिव

नरेश गेलाल ४४९ (गुरुङ प्यानलबाट विजयी)

सुजित श्रेष्ठ ३७८

सचिव

इश्वर जिसी ४०० (गुरुङ प्यानलबाट विजयी)

विनोद केसी ३६९

कोषाध्यक्ष

राधिका कटुवाल ४०४ (ढकाल प्यानल विजयी)

रमिला ताम्रकार ३३७ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार