८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल

२९ पुष २०८१, सोमबार १४:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानिय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् ।

सोमबार फास्टफुड एसोसियसन नेपालको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सबैभन्दा बढी आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।

डंगोलले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनुभएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैँ ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउँछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानीय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्त्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौँ महानगरपालिकाले फास्टफुडकै कम्पनीहरूसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौँ ।’

उनले महानगर जनताको राम्रो काम गर्न सधैँ तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरूलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा