७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो

२९ पुष २०८१, सोमबार १४:५६

काठमाडौँ | काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा सरकारी वकिलको बहस सकिएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उक्त मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्ने विषयमा सरकारी वकिलहरूको बहस सकिएको हो।

बिहान ११ बजेदेखि सुरू भएको बहसका लागि ११ जना सरकारी वकिलले नाम टिपाएका थिए।

बहसमा सहभागी भएका सरकारी वकिलहरूले लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। उनीहरूले पीडितका आँखाबाट यो मुद्दालाई हेर्नुपर्ने र ३ वर्षभन्दा बढी सजाय हुने कसुर भएका कारण लामिछानेलाई थुनामा पठाउनुपर्ने बताएका थिए।

सरकारी वकिलको बहस सकिएलगत्तै जाहेरवाला सहकारी पीडितपक्षका वकिलहरूले बहस गरेका छन्। सहकारी पीडिततर्फबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि मात्रै लामिछाने पक्षका वकिलहरूले बहस गर्नेछन्।

लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी