८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चार संसदीय समितिको बैठक आज बस्दै

२ माघ २०८१, बुधबार ०९:०९

काठमाडौं । आज  चार संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।

संघीय संसदले बनाएको ऐन/कानून कार्यान्वयनका चुनौतीका विषयमा कैलाली जिल्लाको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन/कानून कार्यान्वयनका चुनौतीका विषयमा धनुषा जिल्लाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐन/कानून कार्यान्वयनका चुनौतीका विषयमा दाङ जिल्लाको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ मा छलफल हुनेछ ।

त्यस्तै, ११:३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुनेछ ।

आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ । बैठक दिनको १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा