८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली

२ माघ २०८१, बुधबार १५:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरूको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, र उद्योग व्यवसाय महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले सरकारद्वारा जारी अध्यादेशलाई स्वागतयोग्य भनेका छन्।

निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड–१९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेशले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै तिनको प्रभावकारी कार्यान्वयनका लागि छिटो नियमावली र कार्यविधि ल्याउन आग्रह गरे। उनीहरूले लगानीमैत्री वातावरणको विकासले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग पुग्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारको सदासयतालाई सकारात्मक रूपमा लिएकोमा खुसी व्यक्त गर्दै देश बनाउने नीति निर्माणमा सत्ता गठबन्धनका दलहरू सक्रिय रहेको बताए। साथै, सरकार ढल्ने हल्लाको खण्डन गर्दै सुशासन र विकासलाई प्राथमिकतामा राख्दै लगानीमैत्री नीति ल्याउन सरकार कटिबद्ध रहेको बताए।

गत पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चारवटा अध्यादेश जारी भएका थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा