७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?

३ माघ २०८१, बिहीबार १२:२७

काठमाडौँ | सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पिडीतको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति भत्र्सना गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंमा सहकारी पिडीतको तर्फबाट बहस गरेर बाहिरिँदै गर्दा त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले हातपात गरेका थिए ।

आफ्ना पार्टीका कार्यकर्ताबाट वकिल कुटिएपछि बुधबार नै रास्वपाले विज्ञप्ति जारी गरेको थियो । बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले धरौटीमा छुटेपछि रविले न्याय मरेको छैन् भन्दै दिएको अभिव्यक्तिप्रति पनि कटाक्ष गरेका छन् ।

उनले भनेका छन् ‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होईन माईक टाईसन भन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन ? टेलर्स,मिडीया,मेडिकल ,म:म , मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला’?

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने बुधबार धरौटीमा रिहा भएका थिए । न्यायाधीश माधव अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी बुझाएर रवि हिजै छुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी