९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी

३ माघ २०८१, बिहीबार १३:४१

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध बहस गरेर बाहिरिँदै गर्दा बुधबार काठमाडौँ जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएको घटनाले अहिले निकै चर्चा पाइरहेको छ।

जाहेरवालाका तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीलाई अदालत बाहिर बसेको एक समूहले हातपात गरेको थियो। जतिबेला अदालभित्र थुनछेक आदेश तयारी हुँदै थियो।

पीडित वरिष्ठ अधिवक्ता त्रिपाठीले कसैले नछुटाएको भए आफू मारिने नै खतरा भएको दाबी गरेका छन्।

घटनापछि प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘सुरुमा एउटाले यो टाइ तान्यो। टाइ तानेपछि घाँटी कसिएर मरिन्छ कि जस्तो भयो। तर एकजना कसैले बल्लबल्ल छुटायो। कहाँबाट एकजना आइपुग्यो, जसले मप्रति सहानुभूति राख्दोरैछ। एकजनाले कोटै तान्यो, एउटाले चाहिँ मेरो झोलै लिएर भाग्न थाल्यो।’

उनले आफूलाई आक्रमण गर्ने रास्वपाकै कार्यकर्ता भएको दाबी पनि गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरिसकेको छ।

रास्वपाले भने अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने मानिस आफ्ना कार्यकर्ता भए कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता